धादिङ्गको गल्छि गाउँपालिका स्थित रानिमालामा होमस्टे व्यवस्थापन सम्बन्धी ७ दिने तालिम सञ्चालन
१८ असार २०७६, धादिङ्ग
धादिङको गल्छि गाउँपालिका वडा नं. ८ रानिमालामा होमस्टे (घरवास) व्यवस्थापन सम्बन्धी ७ दिने तालिम बुधबार देखि सुरु भएको छ । “पर्यटन प्रवद्र्धनकका लागि स्थानिय सहभागीता” भन्ने नारा सहित भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै घरेलु तथा साना उद्योग विकास समितीको आयोजनामा ७ दिने तालिम सन्चालन भएको छ ।

तालिममा गल्छि गाउँपालिका ८ का २१ जना र थाक्रे गाउँपालिका ५ का ६ जना सहित २७ जनाको सहभागीता रहेको छ । सहभागीलाई आज प्रशिक्षक भुपेन्द्र तिवारीले प्रशिक्षण दिनुभएको छ । तालिममा होमस्टे अर्थात घरबासको महत्व, स्थानिय स्तरमा होमस्टे सन्चालन अवधारणा, यसले पर्यटन प्रवद्र्धनमा पु¥याउने फाईदा, अतिथी स्वागत र सत्कार, यसको साँस्कृतिक पक्ष, होमस्टेको प्रचार प्रसार लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराईएको छ ।
यसैबिच वडा अध्यक्ष भरत तामाङले होमस्टे सन्चालनका लागि रानीमाला उपयुक्त स्थान रहेको भन्दै यसको प्रचार प्रसार र प्रर्वद्धनमा वडाको तर्फबाट सहयोग रहने बताउनुभयो । त्यसैगरी सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले होमस्टे व्यवस्थापन सम्बन्धी तालिमले स्थानिय नागरिकमा उत्साह थपेको भन्दै व्यवसाय सुरु भएपछि आर्यआर्जनमा समेत सघाउ पुग्ने बताउनुभयो ।

तालिममा वडा अध्यक्ष भरत तामाङ, उद्योग अधिकृत अर्जुन ज्ञवाली, सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, थाक्रे गाउँपालिका सदस्य रजनी लामा लगायतको आतित्थ्यता रहेको थियो । तालिम यहि असार १८ गते देखि २४ गते सम्म सञ्चालन हुने छ ।
