धादिङ क्रिकेट लिगको उपाधि त्रिपुरासुन्दरी गाउँपालिकालाई

Share it with you friends

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाकाले धादिङ क्रिकेट लिगको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा त्रिपुरासुन्दरीले धुिनबेसी नगरपालिकालाई ४ विकेटले हराउदै उपाधि जितेको हो । यो संगै च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनिवेशीले ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् । बिशालटारको चन्द्रोदय खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको धुनिवेशी नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन जोडेको थियो । धुनिवेशीले सुरुवातबाट नै विकेट गुमाउदै गएता पनि ओपनर कौशल रुपाखेतीले क्रिसमा समालेर ब्याटिङ गरेका थिए । उनले ५९ रन ७ चौका र ५ छक्काको सहित सर्वाधिक ७६ रनको योगदान दिए । संस्कार पाठकले १२ रन बनाए । अन्य ब्यटरको प्रदर्शन भने सम्झन लायक रहेन ।
त्रिपुरासुन्दरी गाउँपालिकाका तिब्र गतिका बलर बिशाल थपलियाले ४ ओभरमा १५ रन खर्चिएर २ विकेट लिए । बुबा र छोराको जोडीले ३ विकेट लिए । बुबा उदय थापाले २ विकेट लिए भने छोरा अमृत थापाले १ विकेट लिए । ११३ चुनौतीपूर्ण लक्ष्य पछ्याएको त्रिपुरासुन्दरी गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११६ रन बनायो । १० ओभरमा २ विकेट गुमाउदै त्रिपुरासुन्दरीले ५० रन बनाएको थियो । १०औ ओभरको दोस्रो र तेस्रो बलमा धुिनबेसीका समिर तिमल्सिनाले उदय थापा र सहिल भण्डारीलाई बोल्ड गर्दै धुनीबेसीलाई खेलमा फर्काएका थिए । ३० बलमा ३० रन आवश्यक रहदा त्रिपुरासुन्दरीले ५औ विकेटको रुपमा सौरब थपलियाले ९ रन बनाएर आउट भए । १४ बलमा १४ रन आवश्यक रहदा त्रिपुरासुन्दरी ६औ विकेटको रुपमा राम बहादुर रानाको विकेट गएको थियो । अन्तिम ६ बलमा ५ रन आवश्यक रहँदा २०आँै ओभरको पहिलो बलमा कप्तान अमृत थापाले कौशललाई चौका प्रहार गरेका थिए । दोस्रो बलमा बाईको रुपमा चौका हुदा त्रिपुरासुन्दरीले उपाधी जितेको थियो ।
धुनीबेसीका सुनिल बानियाले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए । समिर तिमल्सिनाले पनि २ विकेट लिए । खेलको म्यान अफ द म्याच अमृत थापा भए । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी अमृत थापा भए । त्रिपुरासुन्दरीलाई उपाधी दिलाउने अमृत थापाले ९७ बलमा १३५ रन बनाउदै १२ विकेट लिए । प्रतियोगिताका उत्कृष्ट बलर अमृत थापा भए उत्कृष्ट ब्याटर कौशल रुपाखेती भए । कौशलले प्रतियोगितामा १६८ बलमा २३९ रन बनाएका थिए ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते