धादिङको थाक्रेमा रहेको रानि झरनामा क्यानोनिङ महोत्सब सुरु हुँदै

Share it with you friends

राजाराम डंगोल, धादिङ , १९ जेठ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झर्नामा क्यानोनिङ महोत्सव सुरु हुने भएको छ । महोत्सवलाइ नै लक्षित गरेर क्यानोनिङ एसोसियसनले ५ दिनको क्यानोनिङ गाइड तालिम समेत सञ्चालन गर्न लागेको छ । महोत्सबलाई लक्षित गरि तालिम जेठ २० गतेदेखी सुरु हुने आयोजकले जानकारी दिएको छ । प्रत्येक वर्ष क्यानोनिङ महोत्सव आयोजना गर्दै आएको एसोसियसनले यस वर्ष धादिङको थाक्रेमा महोत्सव आयोजना गर्न लागेको हो ।


महोत्सबको पूर्ब तयारीको लागि रानी झरनामा आज एक कार्यक्रम गरिएको छ । रानी झरनाको बस्तु स्थिती अध्ययन गर्न क्यानोनियन एसोसियसन नेपालका पूर्व अध्यक्ष कर्ण बहादर लामा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेंल ट्रेकिङ एसोसियन नेपालका पूर्व अध्यक्ष चन्द्र प्रसाद रिजाल बरिष्ठ पर्यटन ब्यवसायि राम प्रसाद सापकोटा, प्रतिनिधी सभा सभाषद भुमी त्रिपाठी सिद्धलेक गाँउपालिकाका अध्यक्ष प्रेम सिलवाल, थाक्रे गाँउपालिकाका अध्यक्ष, रामकुमार आचार्य, समाजसेवि नेत्रराज पौडेल, तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको एक टोली आज रानि झरना पुगी बस्तु स्थितीको अध्ययन गरेको छ ।

यसअघि सन् २०१३ देखि २०१७ सम्म प्रत्येक वर्ष भोटेकोशी, नुवाकोटको थानापाती र ककनीमा महोत्सव आयोजना गरिएको थियो । वाषिर्क कार्यक्रम अनुुसार यस वर्ष महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्यानोन, पर्यटन व्यवसायी लगायतको सहभागीता रहनेछ । पाँच सय भन्दा बढी व्यक्ति महोत्सवमा सहभागी हुने दावी संस्थाको छ । एसोसियसनले सन् २०११ मा पहिलोपटक क्यानोनिङ महोत्सव आयोजना गरेको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते