धार्केमा पैदल यात्री हिड्ने फुटपाथ बनाउन सुरु

Share it with you friends

असार ११ राजाराम डंगोल धार्के धादिङ ।
धादिङ को धुनिबेशी नगरपालिका ६ धार्केमा पैदल यात्री हिड्ने फुटपाथ बनाउन सुरु गरिएको छ सोमबार बिहान नगरपालिका का प्रमुख बालकृष्ण आचार्य ,वडा नम्बर छ का वडा अध्यक्ष कान्छा तामाङ , टोल सुधार समिति का अध्यक्ष रामचन्द्र आचार्य ईलाका प्रहरी खानिखोलाका प्रमुख उद्दब प्रसाद पोखरेल लगाएत ले संयुक्त रूपमा सडक को छेउमा पुजा गरि ब्लक राखेर सिलन्यास गरेका हुन ।

नगर पालिकाका प्रमुख को प्रमुख आथित्यमा भएको सिलन्यास कार्यक्रम बजार छेत्र मा धेरै सडक दुर्घटना भएको कारण न्यूनीकरण गर्न सडक को छेउमा पैदल यात्री हिड्नको लागी सडक पेटी बनाउन लागिएको वडानम्बर ६ का वडा अध्यक्ष कान्छा तामाङ ले बताउनु भयो । धुनिबेशी नगर पालिका भित्र रहेको धार्के नौबिसे र खानिखोला बजारमा यो कार्य सकिएपछि सडक बत्ती र यी तीन वटा बजार मा सि सि टिभी पनि तत्कालै जडान गरि सडक को छेउमा बिरुवा हरु पनि रोपिने नगर का प्रमुख बालकृष्ण आचार्य ले बताउनु भयो ।

यो कार्य लाई कोहि कसै बाट पनि बाधा अबरोध नगर्न र आफ्नो ठाउँ बाट सग्दो सहयोग गर्न र यो काम सफल बनाउन सबै को सहयोग चाहिने टोल सुधार समितिको अध्यक्ष रामचन्द्र आचार्य ले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *