धुनिबेशी नगरकाे यस्ताे कार्यक्रम, बुहारीहरूलाई निःशुल्क शिक्षा

Share it with you friends

राजाराम डंगाेल खानीखाेला,

धादिङको धुनिबेशी नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्ने बुहारीहरुका लागि निःशुल्क शिक्षाको सुरुवात गरेको छ ।
सो कार्यक्रम अन्तगरग नगरपालिकका भित्र कक्षा ११ देखी माथिल्लो तहमा अध्ययन गर्ने बुहारीहरुले बसभाडा तथा कलेज शुल्क बापत कुनै रकम तिर्नु पर्ने छैन ।

मंगलबार एक कार्यक्रमका विच मच्छिन्द्र बहुमुखी क्याम्पस खानीखोलमा सो क्याम्समा अध्ययन गर्ने ९ जाना बुहारी हरुलाई छात्रबृत्ती वितरण गरि सो कार्यक्रमको सुभारम्भ गरिएको हो ।


नगर प्रमुख बालकृष्ण आचार्यले बुहारी हरुले घरको कामसंग संगै पढाईलाईलाई निरन्तरता दिनुपर्छ भन्ने उद्देश्यका साथ नगरले बुहारी शिक्षा कार्यक्रमको सुरुवात गरिको बताउनु भयो ।

कार्यक्रममा आप्mनो धारणा राख्दै मच्छिन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष अर्जुन उप्रेतीले बुहारीहरुको उच्च शिक्षाका लागि नगरको कार्यको प्रसंसा गर्दै कार्यक्रम संचालन गर्न पाउँदा आफुहरु उत्साहित रहेको बताउनु भयो ।
मच्छिन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रमोद पाठकले धुनिबेशी नगरपालिकाका ९ जना बुहारी हरुसहित आप्mनो मच्छिन्द्र बहुमुखी क्याम्पसमा १५ जना बुहारीहरु अध्ययन गर्ने जानकारी दिदै अन्य पालिकाहरुले पनि बुहारीहरुको निःशुल्क शिक्षाका लागि पहल गर्नुपर्ने बताउनु भयो ।


स्नातक तहमा अध्ययन गर्ने धुनिबेशी ६ कि बुहारी छात्रा लक्ष्मि क्षेष्ठले नगरको कार्यक्रबाट आफु उत्साहित रहेको भन्दै बिबाह पछि पाढाई छोडेर घरमै बसेका आफुजस्तै बहारीहरुलाई नगरपालिकाले छात्रबृत्ती प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।

छात्रबृत्ती वितरण शुभारम्भ कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत हरिदत्त कडेल, वडा नं ९ का अध्यक्ष राईला राई, शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख सुजन राज खनाल, अधिकृत विकाश खत्री, मच्छिन्द्र बुहुमुखी क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, क्याम्पस सभाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते