धुनिबेशी नगरपालिकाका वडा सदस्य आछामिको निधन । आज नगरकार्यालय र सबै वडा कार्यालयहरुको काम कारर्वाही बन्द हुने।

Share it with you friends

२०७६ भदौ १८। बुधबार- धुनिबेशी नगरपालिका वडा नं ८ वडा सदस्य अर्जुन आछामिको गय दिउँसो ३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । भाद्र १२ गते बिहान उनलाई हृदय घात भए पछि उपचारको लागि नर्भिक अस्पतालमा राखिएको थियो ।

बुबा कुमार आछामी र आमा जुन माया आछामीको कोखबाट २०३२ भाद्र १२ गते जन्मनु भएका आछामी मिलनसार भद्र स्वाभाबका सबै संग मिलेर बस्ने खालका थिए । २०७० सालबाट तत्कालिन नेकपा माओबादिको सदस्यता लिइ राजनितिमा प्रबेश गरेका आछामी २०७३ मा भएको स्थानीय चुनाबमा धुनिबेशी नगरपालिका वडा नं ८ का निर्बाचित वडा सदस्य पनि हुन । धुनिबेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्य , उपप्रमुख निरु खरेल, वडा अध्यक्ष रामकृष्ण रेग्मी, केदार पाठक लगायत पशुपति आर्यघाटमा पुगेका थिए । नगर प्रमुख आचार्यले शोक मन्तव्य दिदै श्रद्धाञ्जली प्रकट गर्नु भएको थियो ।

आछामिका एक श्रीमती र दुई छोरा छन् ।
छोरा अमिर आछामी र अजय आछामिले दागबत्ती दिएका थिए । आज स्वक सोरुप नगरपालिकाले नगरको कुनै काम कार्य नगर्ने र वडा कार्यलय बन्द हुने नगर प्रमुख बालकृष्ण आचार्यले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *