बाजुराको स्याउ पहिलोपटक राजधानीमा

Share it with you friends

१४ असोज २०७६ ।

बाजुराको अर्गा्निक स्याउ पहिलो पटक काठमाण्डौं र्पुयाइएको छ । सामुदायिक विउ बैङक तथा खाद्य उपभोक्ता कृषि सहकारी संस्था बाजुराले गत बुधवार बाजुराको पिलुचौरबाट लगेको स्याउ सोमबार राजधानी र्पुयाएको संस्थाका सचिव सतल विकले बताउनुभयो ।

यस अघि बजार अभावमा बारीमै कुहिने स्याउ पहिलो पटक बजारीकरण हुन थालेको हो । सहकारी संस्थाले राजधानीमा रहेको गोल्यान कम्पनीले माग गरे अनुसार स्याउ र्पुयाइएको जनाएको छ । कृषि सहकारी संस्थाका सचिव विकले काठमाण्डौंको गोल्यान कम्पनीले १४ टन स्याउ माग गरेको र हाल ७ टन स्याउ र्पुयाइएको बताएका छन् ।

कृषि ज्ञान केन्द्र बाजुराले बाजुरामा उत्पादन भै रहेको स्याउलाई बजार सम्म र्पुयाउनका लागि बगैंचादेखि बाटो पुगेको ठाउँ सम्मको ढुवानीमा अनुदान र स्याउ प्याकिङका लागि काटुन समेत उपलब्ध गराए पछि अहिले बाजुराको स्याउ देशका मुख्य शहरमा पुग्न थालेको हो ।

कृषि सहकारी संस्थाहरुले धनगढी, नेपालगंज लगायतका बजारमा र्पुयाएका छन । तर बाजुरा देखि शहर सम्म पुग्नका लागि बाटोको समस्याका साथै कर्णाली राजमार्ग जोड्न कर्णाली नदीमा पुल नहुदा ढुवानीमा केहि समय लागेको र अप्ठेरो भएको उनीहरुले बताएका छन ।

कालिकोटको जितेगडामा पुल नहुदा सवै स्याउ श्रमिकबाट ढुवानी गर्नु परेको होे ।
हाल बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका फलेका सो स्याउ सहकारी संस्थाले राजधानी र्पुयाएको जनाएको छ । जिल्लाका स्वामीकार्तिक, जगन्नाथ, हिमाली, गौमुल गाउँपालिका र बुढीनन्दा नगरपालिकामा स्याउ उत्पादन हुने गरेको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 13 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते