धुनिबेसी नगरपालिकाद्धारा आर्थिक बर्ष २०७५/०७६ को लागि बजेट विनियोजन ।

Share it with you friends


धादिङ असार १० । धादिङको धुनिबेसी नगरपालिका ले आर्थिक बर्ष २०७५÷०७६ को लागि बजेट विनियोजन गरेको छ ।
धुनिबेसी नगरपालिका ले आज तेस्रो नगर सभा मार्फत विनयोजन विधेयक प्रस्तुत गरी आर्थिक बर्ष २०७५/०७६ को लागि रु ५४ करोड ४९ लाख एक हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
बजेट बारे थप जानकारीको तल दिईएको छ ।

धुनिवेशी नगरपालिको आ.ब.२०७५÷७६ को बजेट
नगरसभामा प्रस्तुत भएको छ

नगर कार्यपालिका सदस्य लक्ष्मी न्यौपाने उप्रेतिले बजेट सभामा पेश गर्नुभएको छ ।

धुनिवेशीलेदेखेको सम्भावनाहरु ः
 राजधानी शहरको प्रवेशद्धार
 दक्ष प्राविधिक जनशक्ति उत्पादनको सम्भावना

 औद्योगिक र कृषि उत्पादनको बजारसम्मको सहज

 तरकारीखेति, कुखुरापालन, ह्रयाचरी, गाई फार्म, बाख्रा फार्म, फलफूल, तोप्लाङ आलु

 हिमाल,पहाल र तराईलाई झल्काउने सवैखाले हावापानी
 ८ वटा ठूला हिमालको दृश्यावलोकन गर्न सकिने
 तोप्लाङदेखि बाह्रै महिना हुस्सु कुहिरो
 सित नपर्ने जीवनपुर र छत्रेका डाँडाहरु
 ऐतिहासिक कोटकी कालिका मन्दिर
 औद्योगिक नगरको रुपमा विकास गर्न सकिने

समृद्ध नेपाल, खुसी नेपालीको राष्ट्रिय अभियानको स्थानीयकरण समृद्ध धुनिवेशी, खुसी नगरवासीअभियान
धुनिवेशीलाई केही वर्ष भित्र मध्यम आयस्तर भएको नगरको रुपमा विकास गर्ने

बजेटका उदेश्य
क. कृषि क्षेत्रमा व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउने ।
ख.सडक पूर्वाधारहरुको विकास गर्ने ।
ग. खानेपानी तथा सरसफाई सुविधा विस्तार गर्ने ।
घ. शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरुको गुणस्तरमा सुधार गर्ने ।
ङ. सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, जनमुखी, जिम्मेवार र जवाफदेही बनाउने।
च. सुशासनयुक्त नगरको रुपमा विकास गरी नागरिक मैत्री नगर निर्माण गर्ने
छ. उपलब्ध साधनश्रोत, अवसर तथा क्षमताको उच्चतम विकास र उपयोग गरी आर्थिक तथा मानवीय विकास गर्ने ।

समृद्धधुनिवेशी, खुसी नगरवासीको लक्ष्य

  • कृषिलाई प्राथमिकता ः उद्योग र कृषि सुन्दर सम्पन्न धुनिवेशी
    कृषि उद्यमशिलता प्रवद्र्धन कोषबाट सहकारी मार्फत वार्षिक ३ प्रतिशत सहुलियत व्याजदरमा कृषि ऋण उपलब्ध गराउने रु.१ करोड विनियोजन
    एक घर दुई फलफूल विरुवारोप्ने कृषकलाई ५० प्रतिशत अनुदानमा फलफूलका विरुवा
    समग्र कृषि क्षेत्रमा रु.२ करोड ५० लाख बजेट विनियोजन
    ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाको रुपमा रहेका पाटी, पौवा,सत्तल, चौतारा, मठमन्दिर, गुम्बा जीर्णोद्धारा गर्न रु ५० लाख बजेट विनियोजन गरिएको छ ।
    नगरलाई गेटवे सिटी – धुनिवेसी को रुपमा विकास गर्ने लक्ष्यका
    ४ वर्ष भित्रकरिब १५० कि.मी. कालोपत्रे गर्ने लक्ष्य सहित सडक चौडा गर्ने, मोड काट्ने, ग्रेड मिलाउने, नाली निर्माण, जाली भर्ने र ग्राभेल गर्ने कार्य गरिनेछ ।
    प्रति सडक ५ लाख देखि ५० लाख सम्म विनियोजन ४२ वटा सडक योजनाहरु कार्यान्वयन गर्न कुल ५ करोड १६ लाख बजेट विनियोजन गरिएको छ ।
    नगर क्षेत्रभित्रका ३१ वटा खानेपानी योजनामा ३ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ । यी योजनाहरु सम्पन्न हुँदा नगरका ३ हजार घरधुरी प्रत्यक्ष लाभन्वित हुने छन् ।

हाम्रो रहर – उज्यालो शहरअभियान अन्तर्गत खानीखोला, नौविसे र धार्के बजारमा सौर्य बत्ति जडान गर्ने कार्यक्रम
सडक, खानेपानी, सिंचाई लगायतका ससाना पूर्वाधारका कार्यक्रमहरुमा लागत साझेदारीको कार्यक्रम गर्न रु.५० लाख
वडाका साना पूर्वाधार मर्मत सम्भार गर्न २७ लाख र वर्षातले विगारेको सडक मर्मत सम्भार गरी यातायात सूचारु गर्नरु.२७ लाख बजेट विनियोजन गरिएको छ ।
ससाना पूर्वाधार मर्मत सम्भार तथा क्रमागत योजनाहरु सम्पन्न गर्न रु. ८० लाख विनियोजन गरिएको छ ।
राष्ट्रिय राजमार्गसडक पेटी निर्माण गरिनेछ ।
पुर्ननिर्माण ः
विकासकारी भुकम्पवाट क्षतिग्रष्त घर निर्माण गर्न आवश्यक पर्ने निर्माण सामग्रि सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउन निर्माण व्यवसायी एवं आपुर्तिकर्तासंग समन्वय गर्ने

दमकल र एम्बुलेन्स खरिद गर्न बजेट विनियोजन
विपद् व्यवस्थापनकोष स्थापनाको लागि रु. १० लाख बजेट विनियोजन गरिएको छ ।
धुनिवेशी क्याम्पसको भवन निर्माण गर्न ३० लाख बजेट विनियोजन
शिक्षा तर्फ११ करोड ४९ लाख ८० हजार बजेट प्रस्ताव गरिएको छ ।
भुवनेश्वरी खेलमैदान (पुरानो धार्के) को पूर्वाधार निर्माणको लागि २० लाख बजेट
स्वास्थ्य क्षेत्रको कार्यक्रम तर्फ कूल १ करोड ८१ लाख बजेट विनियोजन

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान र समपुरक अनुदान बाट साझेदारीमा कार्यान्वयन गरिनेछ । उक्त कार्यक्रमको लागि नगरवाट गर्नुपर्ने साझेदारीको लागि रु. ३ करोड बजेट विनियोजन गरेको छु । यस कार्यक्रम अन्तर्गत केन्द्र, प्रदेश र नगरको साझेदारीबाट रु. ७ करोड ५० लाख बराबरको बजेट कार्यान्वयन हुने अपेक्षा गरेकोे छु ।

एकल महिला, हिंसापिडित, वृद्ध र असाहय विपन्न महिलाहरुलाईरु. १० लाख बजेट विनियोजन गरिएको छ ।

दलित, आदिवासी जनजाति लक्षित कार्यक्रमहरु ः १० लाख बजेट विनियोजन गरिएको छ

गैर सरकारी संस्थाहरुको कार्यक्रम संचालन गर्न पेश भएको कुल बजेट ५८ लाख १६ हजार रहेको जानकारी पेश गरेको छु ।

सार्वजनिक सम्पत्ति संरक्षण
यस कार्यको लागि रु. १० लाख विनियोजन गरिएको छ ।

। रेडियो, छापा मिडिया, अनलाईन, टेलिभिजन लगायत आमसंचार माध्यमहरुसंगसहकार्य गर्ने
रेडियो तथा टिभि कार्यक्रम संचालन गर्ने

संचार क्षेत्रको विकासको लागि संचारकर्मी र संचारसंस्थाहरुसंग साझेदारी कार्यक्रम संचालन गरिनेछ ।

शासकीय सुधार कार्यक्रम

ई–सरकार सेवा उपलब्ध वडाको रुपमा विकास गरिनेछ ।
मुख्य बजार केन्द्रमा सिसि क्यामेरा जडान गरिनेछ ।
भ्रष्टचारजन्य क्रियाकलपाहरुमा शुन्य सहनशीलता नीति अवलम्बन गरिनेछ ।

बजेट ः

आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र आयोजना कार्यान्वयन गर्न रु.५४ करोड ४९ लाख ०१ हजार विनियोजन गरेको छु । कुल विनियोजन मध्ये चालु खर्च तर्फ २५ करोड ६६ लाख १३ हजार अर्थात कुल विनियोजनको ४७.०९ प्रतिशत र पूँजीगत तर्फ २८ करोड ८२ लाख ८८ हजार अर्थात कुल विनियोजनको ५२.९१ प्रतिशत विनियोजन गरिएको छ ।

ड्ड वार्षिक २० हजार भन्दा कम व्यवसाय कर तिर्ने साना करदातालाई असोज मसान्त सम्ममा एकमुष्ट कर दाखिला गरेमा लाग्ने राजश्वमा १० प्रतिशत छुट दिईनेछ ।
ड्ड वार्षिक १ लाख भन्दा बढी व्यवसाय कर तिर्ने करदाताको सुविधालाई मध्यनजर गरी बढीमा ३ किस्ता सम्मका रकम तिर्न सक्ने व्यवस्था गरिनेछ । यसरी कर तिर्ने समय कार्तिक मसान्त, फागुन मसान्त र जेष्ठ मसान्त कायम गरिएको छ ।
ड्ड भुकम्प पिडित लाभग्राहीहरुले नगरक्षेत्र भित्र घर निर्माण गर्दा १ हजार वर्ग फिट सम्मका घरकोे नक्सा पास गर्दा लाग्ने शुल्क शतप्रतिसत छुट दिने नीतिलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिईएको छ ।
ड्ड २०७४ असार मसान्त अगाडी बनेका तर घरनक्सा स्वीकृत नगरी बनेका घरधुरीहरुलाई घरको नक्साविहिन हुने अवस्था हटाउन र घरको सम्पक्तिवाट लाभलिने अवस्थावाट बन्चित हुन नपरोस भन्ने उदेश्यले सवै प्रकारका घरहरुलाई नियमित र अभिलेखीकरण गरिनेछ । त्यसको लागि आगामी वर्षको श्रावण १ देखि मंसिर मसान्त सम्म नियमित तथा अभिलेखीकरणको लागि आउने घरहरु मध्ये २०७० श्रावण देखि २०७४ असार मसान्त सम्मका निर्माण भएका घरहरुलाई ६० देखि ८० प्रतिशत सम्म र २०६० श्रावण देखि २०७० सम्म निर्माण भएका घरधुरीलाई ८५ देखि ९० प्रतिशत र सो भन्दा पहिला बनका घरधुरीलाई शतप्रतिशत नियमति तथा अभिलेखिकरण दस्तुर छुट दिने व्यवस्था मिलाएको छु ।

आदरणीय अध्यक्षज्यू
बजेटको क्षेत्रगत बाँडफाँड, आर्थिक विधेयक, विनियोजन विधेयक, गत आर्थिक वर्षको यथार्थ खर्च, चालु आ.ब.को संसोधित अनुमान र अन्य विवरणहरु अनुसूचीमा समावेस गरी पेश गरेको छु ।
अन्तमा,
यो बजेट निर्माण गर्न नगरप्रमुखज्यूबाट प्राप्त मार्गदर्शन सुझावको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यसैगरी वडाअध्यक्षज्यूहरु, कार्यापालिकाका सदस्यज्यू र नगरसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत सवै कर्मचारीहरु, विभिन्न राजनैतिक दलका नेताहरु, समाजका प्रतिष्ठित व्यक्तिहरु निजी क्षेत्रका उद्यमी व्यवसायीहरु,नागरिक समाज,संचार क्षेत्र लगायत समाजका सवै पक्षवाट सहयोगको सरह्रान गर्दै धन्यवाद व्यक्त दिन चाहान्छु । यसरीनै बजेट कार्यान्वयनमा सम्बद्ध सवै पक्षको सहयोग प्राप्त हुने अपेक्षा गरेको छु ।
धन्यवाद

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *