धुनिवेशी नगरपालिकाका एक युवकमा कोरोना संक्रमण
२५ साउन, २०७७
धादिङ जिल्ला धुनिवेशी नगरपालिकाको एक युवकमा कोरोना पुष्टि भएको छ ।
जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्वर ७ लिखुका १८ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
परिवारको एक सदस्यको उपचारको क्रममा काठमाण्डौको पाटन अस्पतालमा रहेका १८ वर्षिय तामाङ थरको युवकमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
युवक श्रावण १३ गते काठमाण्डौ गएका थिए ।
