धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

Share it with you friends

धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीद्धारा प्रस्तुत बजेटअनुसार कुल बजेटमध्ये चालु तर्फ ५२ करोड ९४ लाख २० हजार ८ सय रुपैयाँ (५०.९२ प्रतिशत) र पुँजीगत तर्फ ५१ करोड १ लाख ५० हजार रुपैयाँ (४९.०८ प्रतिशत) विनियोजन गरिएको छ ।

नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपुरक तथा विशेष अनुदान, बागमती प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँड, आन्तरिक राजस्व तथा बैंक मौज्दातलाई आयको प्रमुख स्रोतका रूपमा अनुमान गरेको छ ।

क्षेत्रगत रूपमा बजेट विनियोजन गर्दा आर्थिक विकास क्षेत्रमा ६ करोड १० लाख १० हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रमा ३२ करोड ८७ लाख ८ सय रुपैयाँ, पूर्वाधार विकास क्षेत्रमा ३० करोड ८८ लाख रुपैयाँ तथा कार्यालय सञ्चालन एवं प्रशासनिक खर्चतर्फ ३४ करोड १० लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिएको जनाएको छ । साथै, वन्चरेडाँडा ल्याण्डफिल साइटबाट प्रभावित क्षेत्रहरूको पूर्वाधार विकासका लागि काठमाडौं महानगरपालिकाबाट प्राप्त ३ करोड रुपैयाँबाट सञ्चालन हुने योजनासमेत प्रस्ताव गरिएको छ ।

नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरप्रमुख बालकृष्ण आचार्यले प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रम सहित नगरसभामा प्रस्तुत विनियोजन विधेयक-२०८३ र आर्थिक विधेयक-२०८३ समेत पारित भएको छ ।

  • Related Posts

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    धादिङको थाक्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ८ लाख २९ हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा (जिन्दगी)…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 3 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 3 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 15 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 15 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध