नयाँ शक्ति काठमाडौं संयोजकमा मानुषि यमी भट्टराई

Share it with you friends

भरतपुर । नयाँ शक्ति पार्टी नेपालले काठमाडौं जिल्ला संयोजकमा मानुषि यमी भट्टराईलाई जिम्मेवारी दिएको छ । यमी पार्टीका संयोजक डा. भट्टराई र नेतृ हिसिला यमीकी एक्ली छोरी हुन् । यमी लामो समयदेखि विद्यार्थी र प्रवास पार्टीमा क्रियाशील रहँदै आएकी छिन् ।

पार्टीको तीन नं. प्रदेशको विहीबार भरतपुरमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । बुधबारबाट सुरु भएको प्रशिक्षण तथा बैठकले मकवानपुरको संयोजकमा जीवनमान मोक्तानलाई जिम्मा दिएको छ । बैठकले १७ वटा विभाग गठन गरेको छ । जसमध्ये संगठन विभागमा सोनाम सिंह स्याङतान, प्रशिक्षण विभागमा परिवर्तन भट्टराई, संंसदीय मामिला विभागमा अकल बहादुर थिन, आंगिक तथा पेशागत संगठन फ्याक्सन इन्चार्जहरुको संयोजकमा बन्दना सुवेदीलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको प्रदेश ३ का इन्चार्ज गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

बैठकमा उपस्थित डा. भट्टराईले देशको समृद्धिको यात्रामा अग्रसर हुन जातिवादी नभई मानवतावादी भएर सोच्न आग्रह गरेका छन् । उनले मुलुकमा समावेशी, समानुपातिक लोकतन्त्र नै समुन्नत समाजवादको आधार भएकोले विभेद र असमानताको अन्त्य गर्न केही समयको लागि समावेशितालाई सम्बोधन गर्न क्लस्टरको अवधारणा ल्याइएको बताए ।

उनले पार्टी बैठकलाई सम्बोधन गर्दै उत्पीडित र उत्पीडक दुवैथरी प्रवृत्ति जातिवादी प्रवृत्ति भएको बताउँदै मुलुकको जातिय, भाषिक, सांस्कृतिक विविधताको सम्मान गर्दै उत्पीडनको अन्त्य गर्न सबैले मानवतावादी भएर सोच्नुपर्ने आवश्यकता औंल्याए ।

नेता भट्टराईले लोकतन्त्रको समृद्धिकरण गर्दै समुन्नत समाजवादमा पुग्नुपर्ने बताउँदै लोकतन्त्रको समृद्धिकरणका लागि वैकल्पिक राजनीतिको अपरिहार्यतामाथि प्रकाश पारे । उनले आजको सत्यको रुपमा उदाएको वैकल्पिक राजनीतिलाई कार्यान्वयन गर्नकै लागि नयाँ शक्ति पार्टीको जन्म भएकोमा जोड दिए ।

संयोजक भट्टराईले पार्टीभित्रको पदीय जिम्मेवारी कुनै मानमर्यादाको विषय नभएको र नयाँ शक्तिले समतलीय संगठनात्मक प्रणालीको अभ्यास गरेको भन्दै एक व्यक्तिले दुई कार्यकाल मात्र कार्यकारी भूमिकामा रहने व्यवस्था गरिने बताए । उनले पार्टी निर्माणका लागि नैतिक उत्प्रेरणा र उत्पादन तथा स्वरोजगारमुखी क्रियाकलापमा सरिक हुन सबै पार्टी अभियन्ताहरुलाई आग्रह गरे ।

बैठकमा प्रदेश ३ का १३ वटा जिल्लाको कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो । बैठकले ९९ सदस्यीय प्रदेश अधिवेशन आयोजक समिति गठन गरेको छ । जसमध्ये १५ सदस्यीय संरक्षक परिषद्, ९ सदस्यीय विज्ञ परिषद र ७५ सदस्यीय कार्यकारी परिषद्सहितको समतलीय संरचना निर्माण गरेको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते