नवलपरासीको बुलिङ्गटारमा जिप दुर्घटनाः एकको मृत्यु ८ गम्भिर घाइते
नवलपरासी , २९ चैत । नवलपरासीको बुलिङ्गटार जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ८ जना गम्भिर घाइते भएका छन् । बुलिङ्गटार गाउँपालिका ५ र ६ को विचमा पर्ने सिमार्दी भञ्ज्याङ्गमा विहिवार विहान जिप दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन सकेको छैन ।
बुलिङ्गटार गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सूर्य वहादुर रानाले दिएको जानकारी अनुसार बुलिङ्गटारबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जिप सडकबाट ७५ मिटर तल खसेको छ ।
पहाडी क्षेत्र भएकाले घाईतेहरुलाई अस्पतालसम्म ल्याउन समस्या भएको रानाले बताए । घाइतेलाई उपचारका लागी दलदलेतर्फ ल्याइदै छ । जिपमा ११ जना सवार रहेको बताइएको छ । चालक र सहचालक भने शकुसल रहेको वडाध्यक्ष रानाले जानकारी दिए ।
