नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणको सम्झौता

Share it with you friends

६ असोज, २०७६, सोमबार ।

नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानको हाजमा कम्पनीसँग सम्झौता भएको छ । तिहार पछाडि काम सुरु गरेर साढे तीन वर्षभित्र काम सक्ने आयोजनाले जनाएको छ । सोमबार काठमाडौंमा सडक विभागअन्तर्गत्को विकास सहायत कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा र हाजमा एन्डो कर्पाेरेसनका शिव शेखले यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

२२ अर्ब रुपैयाँमा बन्ने सो सुरुङमार्ग नागढुंगाबाट धादिङको नौबिसे सम्म २७ किलोमिटरको हुनेछ । कुल लागत २२ अर्ब मध्ये सहुलियत ऋण सहयोग १६ अर्ब हुनेछ । नेपाल सरकारले आफ्नो स्रोतबाट ६ अर्ब व्यहोर्दैछ । जापानी कम्पनीसँग साढे १३ अर्ब रुपैयाँमा सम्झौता भएको हो । बाँकी रकम मुआब्जालगायतमा खर्च भइरहेको आयोजनाले जनाएको छ ।

आयोजना ४२ महिनाभित्रै सम्पन्न हुनेगरी जापानी कम्पनी हाजमासँग ठेक्का सम्झौता भएको हो । सुरुङ मार्गमा दुईओटा ‘फ्लाइओभर’ बन्नेछन् भने सातओटा पुल बन्ने महाशाखा प्रमुख थापाले जानकारी दिनुभयो । सो लगानीका लागि जापानी सहयोग नियोग (जाइका)ले ४० वर्षमा तिर्ने गरी ०.०१ प्रतिशत ब्याजमा १६ अर्ब ६३ करोड ऋण उपलब्ध गराएको छ ।

निर्माण ठेक्का पाउने कम्पनीले कुलेखानी–२ तोकिएको समयमै सम्पन्न गरेको छ । यस्तै, बनेपा–सिन्धुली–बर्दिबास सडकखन्ड पनि समयमै निर्माण सम्पन्न गरेकाले यो आयोजना पनि समयमै सक्ने आशा लिएको थापाले बताउनुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 14 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 14 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 24 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते