नागढुङ्गा–मुग्लिन सडक अब छ लेन

Share it with you friends

पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ ।

सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सडक विभागले जनाएको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने जानकारी दिनुभयो । यो सडक विस्तारका लागि निर्माण र विश्व बैङ्कसँग ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अगाडि बढाइएको र अगामी वर्षको जुनसम्ममा निर्माण सम्झौता गरिने बताउँदै उहाँले भन्नुभयो, “जुनमा यी दुवै सम्झौता गरिए पनि त्यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया, ठेक्कापट्टाको बोलपत्र लगायतका काम पूरा गरिनेछ ।”

आगामी महिना बोलपत्र आह्वान गर्ने तयारी भइरहेको बताउँदै उहाँले आवश्यक पूर्वतयारी पूरा गरेर मात्र निर्माण सम्झौता र ऋण सम्झौता एकैसाथ गरिने मौखिक समझदारी विश्व बैङ्कसँग भएको जानकारी महाशाखा प्रमुख थापाले दिनुभयो । सडक निर्माण भएको पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने प्रावधानसहित अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । करिब १६ अर्ब रुपियाँँको लागतमा यो सडकखण्ड विस्तार हुन लागेको हो । यस सडकखण्डको विस्तार अवधि तीन वर्षको हुनेछ ।

 

चौडाइ छ लेनसम्म
नागढुङ्गादेखि मुग्लिनसम्म करिब ९६ किलोमिटर दूरी रहेको यो सडकखण्डको चौडाइ दुईदेखि छ लेनसम्म हुनेछ । भीरपहरा भएको ठाउँमा दुई लेनको, समतल र बस्ती तथा बजार क्षेत्रमा छ लेनको बनाइने बताउँदै उहाँले भन्नुभयो, “यस सडकखण्डको करिब आधा तीन लेन र नौ किलोमिटर जति चार लेनको हुनेछ ।”

 

बाइसवटा नयाँ पुल
यस सडकखण्डमा चार लेनका २२ वटा नयाँ पुल निर्माण गरिने जानकारीसमेत उहाँले दिनुभयो । उहाँका अनुसार दसवटा आकाशे पुल निर्माण गरिनेछ ।

 

सहायक मार्ग पनि
नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गदेखि धादिङको धार्केसम्म करिब ११ किलोमिटरको सहायक मार्ग निर्माण गरिने जानकारी उहाँले दिनुभयो । त्यसका लागि करिब तीन अर्ब रुपियाँ अतिरिक्त लागत लाग्नेछ ।

 

त्रिशूली पारिपट्टि पनि सडक
नागढुङ्गादेखि मुग्लिनसम्मको ट्राफिक व्यवस्थापनका लागि त्रिशूली नदीको पारिपट्टि पनि सडक निर्माण सुरु भएको सडक विभ(ागले जनाएको छ । विकट भौगोलिक अवस्थाका कारण चार लेनमा विस्तार गर्न नसकिने अवस्था रहेको पृथ्वी राजमार्गको समान्तरमा फिस्लिङदेखि विशालटारम्म त्रिशूलीपारि दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ ।
यस सडकबाट दैनिक करिब १५ हजार सवारी साधन आवतजावत गर्ने पृथ्वी राजमार्गको यस खण्डलाई अब विस्तार गर्न आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते