निशुल्क मनोसामाजिक परामर्श सेवा प्रवाह गर्दै धादिङको नीलकण्ठ नगरपालिका

Share it with you friends

१४ जेष्ठ २०७८, शुक्रबार ।

धादिङको नीलकण्ठ नगरपालिकाले कोरोना भाईरस संक्रमित भएर होम आईसोलेसनमा बसेकाहरुलाई निशुल्क मनोसामाजिक परामर्श सेवा सन्चालन गरेको छ । कोरोना भाईरस संक्रमित भएर घरमै बसेकाहरुलाई मानशिक स्वास्थ्यमा समस्या हुने भन्दै टेलिफोनबाट निशुल्क मनोपरामर्श सेवा सन्चालन गरिएको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले जानकारी दिनुभयो। विपत्तीको समयमा नगरबासीहरुले डर, चिन्ता र पीरको सामना गर्नुपरेको भन्दै ढुंगानाले मनमा आउने डर, चिन्ता र तनावलाई सकारात्मक रुपले कसरी कम गराउने भन्ने विषयमा छलफल गर्ने उदेश्यले पराममर्श सेवा सन्चालन गरीएको बताउनुभयो ।

आइसोलेसनमा बसेकाहरुलाई टेलिफोनको माध्यमबाट मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा दिनको लागि कार्यक्रम सन्चालन गरीएको प्रमुख प्रशासकिय अधिकृत तुलसी राम पौडेले जानकारी दिनुभयो । कोरोना संक्रमण भई आफन्त गुमाउनुका साथै दैनिक सयौंको दरले कोरोनाका कारण मानिसको मृत्यु भइरहेको समाचारको भयले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको र मानसिक स्वास्थ्य समस्या झन् बढ्न सक्ने भन्दै नगरपालिकाले परामर्श सेवा सन्चालन गरेको पौडेलेको भनाई छ ।

सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत सन्चालित मनोपरामर्श सेवा अन्तगरत परामर्श सेवा प्रवाह भएको हो । कोरानो भाईरसको कारण मनमा चिन्ता हुने,पिर तथा तनावको कारण निन्द्रा नपर्ने, दिक्क लाग्ने, छटपट्टी हुने, मन आत्तिने, मुटु ढुकढुक हुने, विरत्त लाग्ने, मन स्थिर नहुने, एक्लै बस्न मन लाग्ने, रिस उठ्ने, मन नरमाईलो हुने, मर्ने सोच आउने जस्ता समस्या भएकाले परामर्श लिन सकिने नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले जानकारी दिनुभयो ।

नीलकण्ठ नगरबासीहरुले नीलकण्ठ नगरपालिकाको फोन नम्बर ०१०–५२०५६९ तथा मनोपरामर्शकर्ता रामकुमार थापाको फोन नम्बर ९८५१२०४११८, ९८२८०४९३५८ र ९८६०४९२३७८ मा सम्पर्क गर्न सकिने थापाले बताउनुभयो । सेवा लिन चाहनेले हरेक दिन विहान ८ बजेदेखि बेलुकी ८ बजे सम्म निशुल्क सेवा लिन सक्नेछन् । साथै आत्महत्याको सोच आउनेले जुनसुकै समयमा पनि फोन गर्न सकिने थापाले बताउनुभयो । सुरक्षित आप्रवासन सामी परियोजना सन्चालन भएको धादिङको धुनिवेशी नगरपालिका, थाक्रे गाउँपालिका र गंगाजमुना गाउँपालिबाट पनि निशुल्क मनोसामाजिक परामर्श सेवा सन्चालन गरीएको छ ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    धादिङ । गणित विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते हुने भएको छ ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा