नेपाली कलाकारहरुकाे गलत धन्दा

Share it with you friends

काठमाडौं  , ८ जेठ । कलाकाहरु राष्ट्रका गहना मन्ने गरीएकाे छ । नेपाली समाजले पनि कालाकारलाइ  पवित्र आँखाले हेर्ने गरेकाे छ । समाजले उच्च सम्मान दिएको वर्गमा पर्छन् कलाकारहरु ।

पछिल्लो समयमा एकपछि अर्को गर्दै कलाकारहरु गलत बाटोमा लागेको खुल्दै आएको छ ।

कलाकारहरुले कलाको मर्म र भावना विपरित आफ्ना कलाहरु प्रस्तुत गर्नाले पनि समाजले कलाकारलाई दिईएको सम्मानमा समेत अाशकाँ उव्जिएका छन ।

राजेन्द्र खड्गी

२०७४ माघ २५ गते मानव बेचबिखनको आरोपमा कलाकार राजेन्द्र खड्की पक्राउ परेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई ठमेलबाट पक्राउ गरेको थियो ।
ब्यूरोका प्रवक्ता जीवन श्रेष्ठका अनुसार सांस्कृतिक कार्यक्रमदेखि फिल्म र डकुमेन्ट्री बनाउने भन्दै खड्गीले दक्षिण कोरिया लगेर ११ जनालाई छोडेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । ब्यूरो स्रोतका अनुसार खड्गीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरिया र्पुयाएका थिए ।

रोमा न्यौपाने

२०७४ फाल्गुन २४ गते एक खुट्टाको भरमा नाच देखाएर चर्चा बटुलेकी कलाकार रोमा न्यौपानेलाई प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो । वृत्तको गल्ती सच्याउँदै प्रहरी परिसर काठमाडौंले १३ फागुनमा न्यौपानेलाई पक्राउ गर्न काठमाडौंका सबै वृत्तमा सर्कुलर गरेपछि उनको खोजी व्यापक पारिएको थियो ।

न्यौपानेविरुद्ध कोहीनूर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।

त्यस्तै रोमा र उनका श्रीमान् चिरञ्जीवी पोखरेल माथि २०७२ साउन २९ गते काठमाडौं जिल्ला अदालतमा मुद्दादर्ता गरिएको थियो । सोही मुद्दामा अदालतले २०७३ पुस २६ गते चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो ।

देश विदेशका विभिन्न स्टेज कार्यक्रम र केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी रोमा चर्चा बटुलेकी कलाकार हुन् । २०७२ सालमा उनले नेपाल सरकारबाट युवा प्रतिभा तथा युवा उद्यमी अवार्ड समेत पाएकी थिइन् । ८ वर्षको उमेरमा बस दुर्घटनामा देब्रे खुट्टा गुमाएकी उनी एक खुट्टाकै भरमा कुशल नृत्य प्रस्तुत गर्नसक्ने भएपछि चर्चाको केन्द्रमा आएकी थिइन् ।

सुवास गिरी

२०७४ चैत १३ गते गीत चोरीको आरोप लागेपछि नायक अनमोल केसीद्वारा अभिनित चलचित्र ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको थियो ।‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गीत चोरेर चलचित्रमा समावेश गरेको भन्दै जाहेरी परेपछि काठमाडौं प्रहरी परिसर, टेकुले गिरीलाई नियन्त्रणमा लिएको थियो । ‘सम्झना’ फिल्मका निर्माता शम्भु प्रधानले जाहेरी दिएका थिए ।

यसबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । ‘प्रतिलिपि अधिकारसँग सम्बन्धित विषय हो’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

माधव वाग्ले
२०७५ जेष्ठ २ गते अर्थात आजभन्दा ४ दिन पहिले नेपाली नक्कली नोट सहित चलचित्र ‘लुट’ का निर्माता माधव वाग्ले पक्राउ परेका थिए । उनी आजको दिनसम्म हिरासत मै छन् ।

निर्माता वाग्लेलाई प्रहरीले बुधबार उनकै कोठाबाट दुई करोड ५२ लाख रुपैया बराबरको नक्कली नोट सहित पक्राउ गरेको थियो भने गत मंगलबार नै कमलपोखरी बस्ने सुर्खेतका महेन्द्र बोगटीलाई एकलाख २० हजार बराबरका नक्कली नोटसहित पक्राउ गरेको थियो । त्यस्तै सिन्धुली घरभई ललितपुर लुभु बस्ने सुजित तामांग र साजन तामांगको कोठाबाट सात लाख ४३ हजार बराबरको नक्कली नोटसहित पक्राउ गरेको थियो ।

प्रहरी परिसर काठमाडौंले उपत्यकाका तीन स्थानबाट वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामांग, साजन तामांगलाई नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो । त्यस्तै दुईजना प्रेस सञ्चालक प्रकाश सुवेदी र विकेश नापीतलाई  पक्राउ गरेको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते