नेपाल पत्रकार महासंघकाे प्रदेश समितिकाे निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौँ , २९ चैत । नेपाल पत्रकार महासंघकाे आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हाे । समितिका सदस्य बालकृष्ण बस्नेतका अनुसार वैशाख २२ गते हुने निर्वाचनका लागि वैशाख ७ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय ताेकिएकाे छ ।
निर्वाचन कार्यतालिकानुसार वैशाख ५ गते मतदाता नामावली र मतदाता नामावलीमाथि दावी विरोध, वैशाख ६ गते मतदाताको अन्तिम नामावली प्रकाशन, ७ गते उम्मेदवारी दर्ता र उम्मेदवारमाथि दावी विरोध गर्न पाइनेछ । वैशाख २२ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान समय हुनेछ ।
सातै प्रदेशमा एकै दिन छुट्टाछुट्टै स्थानमा महासंघको प्रदेश समितिका लागि निर्वाचन हुनेछ । प्रदेश समितिमा प्रदेश पार्षदले मतदान गर्नेछन् । महासंघको गत भदौमा केन्द्रीय महाधिवेशनबाट नेतृत्व चयन र जिल्ला शाखाको निर्वाचन सम्पन्न भइसकेको छ । रासस
