ने.वि. संघमा गुट्गत विवाद,महाधिवेशनको मिति तय गर्ने पौडेल पक्षकाे चेतावनी

Share it with you friends

काठमाडौँ ,१३ बैशाख । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघभित्र विवाद बढ्दै गएको छ । कांग्रेस नेतृत्वजस्तै गुटबन्दी र आरोप नेवि संघभित्र पनि चर्किएको छ । संस्थापन पक्षविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर विद्यार्थी नेताहरु एक देखिएका छन् ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा पनि पार्टी नेतृत्वजस्तै द्वन्द्व चर्किएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षधरविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षभर विद्यार्थी नेताहरु एक देखिएका छन् । संघका अध्यक्ष नैनसिंह महरको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै पौडेल र सिटौला पक्षधर विद्यार्थीहरुले सभापति शेरबहादुर देउवालाई छुट्टा–छुट्टै ज्ञापन पत्र बुझाइसकेका छन् ।

विवादकै कारण सार्वजनिक कार्यक्रम पनि एकैसाथ हुन छोडेको छ । राष्ट्रिय मेलमिलाप दिवस होस् वा नेवि संघको स्थापना दिवस गुटअनुसारका कार्यक्रम हुन थालेका छन् । दुवै पक्षले अध्यक्ष महरले विधान मिचेर काम गरेको आरोप लगाएका छन् । नेवि संघको निर्वाचन समयमै नगराउने रणनीतिमा अध्यक्ष महर लागेको असन्तुष्टहरुले जनाएका छन् । अध्यक्ष महर तयार नभए बहुमत जुटाएर महाधिवेशनको मिति तय गर्ने चेतावनी नेता पौडेल पक्षले दिएको छ ।

अध्यक्ष महरले चिठ्ठी लेखेर विभिन्न व्यक्तिलाई जिम्मेवारी दिने, कानुनी सल्लाहकार तथा आमन्त्रित सदस्य नियुक्तिलगायत विधान बिपरित कार्य गर्दै आएको असन्तुष्ट पक्षको आरोप छ । कांग्रेस वा नेविसंघ नेतृत्वले नेवि संघलाई बन्धक बनाउन खोजे त्यसलाई सहेर नबस्ने सिटौला पक्षका विद्यार्थी नेता बताउँछन् ।

नेवि संघमा १ सय २९ निर्वाचित र २२ मनोनित गरी १ सय ५१ सदस्यीय केन्द्रीय कार्य समिति छ । यो नेतृत्वको कार्यकाल सकिन लाग्दा पनि अझै कार्य समितिले पूर्णता पाउन सकेको छैन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते