पत्नि एलिजाको नृत्य हेरे पछि ऋषि धमला भन्छन् : उत्कृष्ट, हरेक दिन बधाई र शुभकामना दिन्छु (भिडियोसहित)

Share it with you friends
 काठमाडौं, ८ जेठ  । चलचित्र अनुरागको दोस्रो गीतलाई धेरैले रुचाएका छन् । यो गीतको भिडियोलाई साढे ६ लाख भन्दा धेरैले हेरिसकेका छन् ।
गएको शुक्रबार सार्वजनिक भएको ‘यस्तो साथी बन्छु म तिम्रो’ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम आफ्नो चलचित्रलाई लिएर निकै उत्साहित छिन् ।
उनी मात्रै होइन पत्नीको खुशीमा झन् दंग छन् ऋषि धमला । उनी भन्छनः ‘म निकै खुशी छु । उनको उत्कृष्ट अभिनय र नृत्य कौशल देखेर म उत्साहित छु ।’
उनी थप्छन् , ‘उनको कलाकारिताको विषयमा हामी हरेक दिन कुरा गर्छौ । म हेरक दिन उनलाई बधाई र भविष्यमा अझै राम्रो काम गर्न शुभकामना दिन्छु । अनुराग फिल्मको अझै दुई तीन वटा गीत सार्वजनिक हुन बाँकी छ ।ती गीत पनि सार्वजनिक भइसकेका दुई गीत जस्तै राम्रा हुनेछन् ।’
आउँदो साउन २५ बाट चलचित्र अनुराग प्रदर्शनमा आउँदैछ । चलचित्रलाई लिएर धमला पनि निकै उत्साहित छन् । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *