पानी नराेकिएसम्म अवरुद्ध सडक नखुल्ने, अनावश्यक यात्रा नगर्न आग्रह
सडक विभागले बाढी पहिरोका कारण विभिन्न ठाउँको सडक अवरुद्ध भएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।
त्रिभुवन राजपथ र विपी राजमार्गबाहेक अरु राजमार्गका ठाउँठाउँमा पहिरो गएको विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनुभयो ।
धेरै ठाउँमा पहिरो खसेको तथा केही ठाउँमा बेलिब्रिज नै बगाएकाले पानी नरोकिएसम्म बन्द भएका बाटो खुलाउन सम्भव नभएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार यो वर्ष पानी परेर क्षति भएका सडक बनाउन मात्रै झण्डै डेढ अर्ब रुपैयाँ आवश्यक पर्छ ।
