Breaking Newsराजनीतिराष्ट्रिय समाचारस्थानीय

पानी नराेकिएसम्म अवरुद्ध सडक नखुल्ने, अनावश्यक यात्रा नगर्न आग्रह

Share it with you friends

सडक विभागले बाढी पहिरोका कारण विभिन्न ठाउँको सडक अवरुद्ध भएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

त्रिभुवन राजपथ र विपी राजमार्गबाहेक अरु राजमार्गका ठाउँठाउँमा पहिरो गएको विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनुभयो ।

धेरै ठाउँमा पहिरो खसेको तथा केही ठाउँमा बेलिब्रिज नै बगाएकाले पानी नरोकिएसम्म बन्द भएका बाटो खुलाउन सम्भव नभएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार यो वर्ष पानी परेर क्षति भएका सडक बनाउन मात्रै झण्डै डेढ अर्ब रुपैयाँ आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *