पाल्पामा बस दुर्घटना हुँदा डिभिजन सहकारी प्रमुखसहित १२ कर्मचारीको मृत्यु

Share it with you friends

पाल्पा, १८ जेठ । पाल्पामा विहान भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबै एकै सहकारीका रहेका प्रहरीले जनाएको छ ।

पाल्पा रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा विहान बस पल्टिएको हो । पाल्पाको तानसेनबाट रामपुरका लागि छुटेको लु २ ख ९७५ नम्बरको बस आर्यभञ्ज्याङ र रामपुरको बीचमा पर्ने हुमिनमा दुर्घटना भएको हो ।

दुर्घटनामा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहरासहित विष्णुमान बज्राचार्य, सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, शुसिल श्रेष्ठ, देवेन्द्र प्रधान र वसन्ती खाँणको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले घाइतेहरुको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको बताउनुभयो । उहाँका अनुसार बसमा लक्ष्मी बचत तथा क्रृण सहकारी संस्था बैंक रोड तानसेनमा कार्यरत कर्मचारीहरु सवार थिए ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते