पुलिसलाई हराउँदै थ्रीस्टार माइभ्याली गोल्डकप फूटबलको सेमिफाइनलमा

Share it with you friends

मंगलबारे, इलाम, १३ वैशाख । विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहीबार भएको अन्तिम क्वाटर फाइनलमा पुलिस क्लबलाई ४–३ गोल अन्तरले हराउँदै थ्रीस्टारले सेमिफाइनलका लागि आफ्नो यात्रा सुनिश्चित गरेको हो ।

सो जीतसँगै थ्रीस्टारले शनिबार हुने सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफसँगको भेट पक्का गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *