काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफ) ले कतारमा जारी २२ औँ फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाउने भएको छ । फिफाले सेमिफाइनल र फाइनलमा खेलाउने बलको नाम ‘अल हिल्मु’ राखेको छ । अरबी भाषामा जसको अर्थ ‘सपना’ हो । फिफाले यस अघिल्लो चरणमा खेलाएको ‘अल रिह्ला’ बलमा जस्तै ‘अल हिल्मु’ बलमा पनि ‘मोसन सेन्सर’ प्रविधि जडान गरिएको जनाएको छ । ‘अल हिल्मु’ बल एडिडास कम्पनीले नै तयार पारेको हो ।
फिफाले यसअघि समूह चरण, प्रिक्वार्टर र क्पार्टरफाइनलमा खेलाउँदै आएको ‘अल रिह्ला’ बल पनि एडिडास कम्पनीले बनाएको थियो । फिफाका अनुसार कतार विश्वकपमा प्रयोग भएको बलले यसै संस्करणबाट प्रयोगमा ल्याइएको सेमी–अटोमेटेड अफसाइड प्रविधि र भिएआर प्रविधिलाई समेत थप सघाएको छ । कतार विश्वकपको सेमिफाइनलमा साबिक विजेता फ्रान्स, साबिक उपविजेता क्रोएसिया, पूर्व विजेता अर्जेन्टिना र नयाँ टोली मोरोक्कोले स्थान बनाएका छन् । सेमिफाइनलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया तथा बुधबार राति मोरोक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाइने
Related Posts
-
धादिङ गल्छीका बाढीप्रभावितलाई इजरायलको सहयोग
काठमाडौं । नेपालस्थित इजरायली दूतावासले धादिङको गल्छी गाउँपालिकाका बाढीप्रभावित समुदायलाई आपतकालीन मानवीय सहायता प्रदान गरेको छ…
-
धादिङको फुर्केखोला खण्डको वैकल्पिक सडक आज १० घण्टा बन्द रहने
जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि…
-
धादिङ समाजबाट बाढीपीडितका लागि करिब ५८ लाख सहयोग
धादिङ । विश्वभर छरिएर रहेका अन्तर्राष्ट्रिय धादिङ समाज तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले रसुवा, नुवाकोट र…
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकाको सम्झनामा आज सोमबार राष्ट्रिय…





Leave a Reply