पुष्प मेलामा ६२ लाखको कारोबार, फूलमा बढ्यो आकर्षण

Share it with you friends

काठमाडौं,३ बैशाख । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना भएको २१औं फ्लोरा एक्स्पोमा ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

काठमाडौंको भृकुटिमण्डपमा भएको एक्स्पोमा ६० हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेका पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो ।

गएको चैत ३० गतेदेखि सञ्चालन भएको एक्स्पो सोमबार सकिएको छ । मेलामा १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीका स्टल, ४ वटा ल्याण्डस्केपिङ्गका स्टल, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल गरि जम्मा ८२ वटा स्टल राखिएका थिए ।

त्यसैगरि, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारि दिनुभयो ।

फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंमा मात्र केन्द्रित नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौंडा, बुटवल, विराटनगर, धरान, झापा लगायतका क्षेत्रमा विस्तार भईसकेको छ ।

गत आब २०७३/७४ सम्म आई पुग्दा ४१ जिल्लामा लगभग ६ सय ७८ ठाँउमा १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेति भईरहेको छ, भने करिव ४३ हजार भन्दा बढिले यस क्षेत्रवाट रोजगारी पाएका छन ।

गत वर्षमा मात्र १ अर्व भन्दा बढिको कारोबार गर्न सफल भएपनि आब २०७३/७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे देखिन्छ ।
हिजो आज फूल खेती गर्न रुचाउने किसानको संख्या बढ्दै गएको छ । किसानले १० लाखको लगानीमा राम्रो व्यवसाय गर्न सक्ने र फूलको बजारिकरणका लागि एसोसिएसनले सहयोग गर्ने अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो ।

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते