‘पूर्वी नेपाल भूकम्पकाे उच्च जोखिममा’

Share it with you friends

काठमाडौं, १३ वैशाख । २०७२ वैखाख १२ गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरूको उत्खनन गरेर सुरु गरिएको सूक्ष्म अध्ययनबाट नेपालको पूर्वीभागमा भूकम्पीय जोखिम उच्च रहेको देखिएको छ ।

अध्ययनमा संलग्न त्रिचन्द्र क्याम्पसका भूगर्भशास्त्र विभागका डाक्टर दीपक चम्लागाईंले चार महिनापहिले मात्रै यो तथ्य फेला पारेको छ ।  चम्लागाईंका अनुसार जापानको हिरोसिमा विश्वविद्यालय, अमेरिकाको नेभारा विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालय मिलेर गरेको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । सेटेलाइट तस्बिरबाट भूकम्पले उठाएको भूभाग पत्ता लगाएर दरार क्षेत्र अध्ययन गरिएको हो ।

पछिल्लो अध्ययनअनुसार भूकम्पका सम्भावनाबारे वैज्ञानिकमै मतभेद आए पनि यस अध्ययनले पूर्वमै जोखिम देखाएको दाबी चम्लागाईंको छ । झापाको दमकदेखि उत्तरतिर रहेको बेलडाँगीलाई आधार मानेर पूर्वक्षेत्रको अध्ययन गरिएको हो । अध्ययनले करिब आठ सय वर्षपहिले पूर्वमा महाभूकम्प गएको र यस क्षेत्रमा अझै १६ मिटर दरार विस्थापित हुन बाँकी रहेको पत्ता लगाएको बताएको छ ।

पूर्वमा करिब आठ सय वर्षपहिले महाभूकम्प गएको थियो । मध्यमा सात सय ६५ वर्ष र पश्चिममा पाँच सय वर्षपहिले महाभूकम्प गएको थियो ।

त्यस्तै, त्रिवेणी र बाग्मतीलाइ मध्यक्षेत्रमा राखेर अध्ययन गरिएको र यस क्षेत्रमा ११ मिटर दरार विस्थापित हुन बाँकी रहेको देखिएको छ । त्यस्तै, पश्चिममा १० मिटर बाँकी छ । ‘पश्चिममा १५०५ सालमा महाभूकम्प गएको अध्ययनले देखाएको छ,’ चम्लागाईंले भने । यसअघिको अध्ययनले नेपालको पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिम देखाएको थियो ।

पूर्वमा करिब आठ सय वर्षपहिले महाभूकम्प गएको थियो । मध्यमा सात सय ६५ वर्ष र पश्चिममा पाँच सय वर्षपहिला महाभूकम्प गएको थियो ।

अन्नपूर्णपाेष्टमा खवर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते