प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

Share it with you friends

२३ फाल्गुण २०७७, आईतबार ।

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । सांसदहरुको नाराबाजीका कारण १० मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर स्थगित भएको हो । बैठक अब फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले रोष्टम घेराउ गरेर अवरोध गरेको थियो । प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो । संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति असहमति जनाउँदै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

कार्यसूची अनुसार अध्यादेश पेश गर्न कानुन मन्त्री लीला श्रेष्ठलाई रोष्टममा जान सभामुख अग्नि सापकोटाले अनुमति दिएसँगै कांग्रेस सांसदहरुले अध्यादेशलाई स्वीकार गर्न नसकिने भन्दै विरोध जनाएका थिए । बैठकमा कांग्रेस सचेतक बालकृष्ण खाँडले पनि अध्यादेश तुरुन्त फिर्ता हुनुपर्ने माग गरेका थिए ।

संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै कांग्रेस सांसदहरुले रोष्टम घेराउन गरेपछि सभामुखले बैठक स्थगीत गरेका हुन् । त्यसअघि प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेका थिए । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसदहरुले बैठकको बीचबाटै उठेर हिँडेका हुन् ।

बैठकको बीचमा सभामुखसँग समय लिँदै सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताएका थिए । सभामुख अग्नि सापकोटाले रावलको धारणा दर्ज भएको भन्दै बस्न आग्रह गरे पनि प्रचण्ड–नेपाल पक्षका सांसदहरु बाहिरिएका थिए ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन

    नेपाल बार एशोसिएशन (नेबाए) ले सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेश समेत अवज्ञा गरेको विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ। बारले प्रशासनिक पदाधिकारीहरूबाट समानान्तर न्याय प्रशासन सञ्चालन भइरहेको निष्कर्ष निकाल्दै…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते