प्रथम महादेबबेसी मिनी महोत्सबमा बद्रीले रुवाए आमाहरुलाई

Share it with you friends

राजाराम डंगोल थाक्रे, धादिङ, २० वैशाख । धादिङको थाक्रे ११ महादेववेसी मा संचालन भईरहेको प्रथम महादेबबेसी मिनी महोत्सबमा लोक गायक बद्री पंङ्गेनीले “आमा विदा पाउदिन अहिलेको साल पनि घरमा आउदिन” बोलको गित गाँउदा महोत्सब मा उपस्थित भएको बुढि आमाहरुको आँखा रसाएको थियो । घरको आर्थिक अवस्था उकास्नको लागी परदेसिएका दाजु भाईहरुले विदेशमा गरेको दुख लाई गायक पङ्गेनीले गित मार्फत प्रस्तुत गर्दा महोत्सब मा उपस्थित भएका दर्शकहरुको गला अबरुद्ध भएको थियो ।


थाक्रे गाँउपालिका वडा नं. ११ महेशखोला किनारमा भएको मिनि महोत्सबको सातौँ दिन आज जनताका प्रिय गायक बद्री पङ्गेनी , गायिका कला पङ्गेनी , खेम जी राना , उत्सब लामा ,यशोदा विडारी , दुर्गा विडारी लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।
थाक्रेको पर्यटन पर्बद्धन गर्ने उद्देश्यले संचालन गरिएको मेलामा विभिन्न घरायसी सामान, आधुनिक कृषि औजार लगायत विभिन्न खाद्य परिकारहरुको स्टल का साथमा बिभिन्न मनोरन्जनात्मक खेलहरु रहेको मेलामा आज सातौ दिन करिब १५०० दर्शकले मेलाको अवलोकन गरेको मेला मुल आयोजक समितिका सदस्य सचिब अरुण कुमार लामाले जानकारी दिनुभयो ।
उज्यालो भविश्य महिला समुह र मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको मुख्य आयोजना तथा न्यू स्टार क्लब महादेबबेसी, महादेबबेसी स्पोर्टस क्लब, थाक्रे कला केन्द्र देब विकास बैङ्क, हर फार्म नेपालको साथ र सहयोगमा संचालन भएको मिनि महोत्सब यहि बैशाख २४ गते सम्म संचालन हुनेछ ।

 

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते