प्रदेश नं. ३ को सहयोगमा काठमाडौंको नयाँ बानेश्वरमा ३ महिने वेटर/वेट्रेस तालिम सम्पन्न

Share it with you friends

१८ साउन, २०७६, धादिङ्ग–

सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ को सहयोगमा अपाङ्गता भएका युवाहरुलाइ लक्षित गरी स्वरोजगार तथा सीपमूलक तालिम कार्यक्रम अन्तर्गत संचालित तीन महिने वेटर /वेट्रेस तालिम सम्पन्न भएको छ ।

काठमाण्डौं ,भक्तपुर र ललितपुरका शारीरिक, दृष्टि, सुनाइ, बौद्धिक र बहुअपाङ्गता भएका १८ जना प्रशिक्षार्थीका लागी तीन महिने आधारभुत तालिम संचालन गरिएको हो ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र प्रदेश नं ३ गजुरी धादिङ्गको आयोजनामा सम्पन्न तालिममा एक्सेल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट प्राली नयाँ वानेश्वरले व्यवस्थापन सहकार्य गरेको थियो भने सहभागिताका लागी राष्ट्रिय अपांग महासंघ प्रदेश नं ३ ले विशेष समन्वय गरेको थियो ।

प्रदेश ३ का प्रदेशसभा सदस्य गणेश दुलालले यस्ता तालिमले सपांगसरह आफ्नो लागी आर्जन गर्न सक्ने बाटो बनाउन मद्दत गरेको भन्दै अब प्रशिक्षार्थीले गरेर देखाए सरकारले अवसर प्रदान गर्न लक्षित कार्यक्रम बढाउँदै लैजाने बताउनु भयो ।

त्यस्तै सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ का सामाजिक विकास महाशाखा प्रमुख इन्दिरा ओझाले सीप सिकेर परिवर्तन ल्याउन सकून् भन्ने उद्देश्यले मन्त्रालयले तालिम आयोजना गरेको बताउनु भयो । सपांगसरह पैसा कमाउन सक्छ भनेर अभिभावकले भन्न सक्ने बनाउन यस्ता तालिम आवश्यक रहेको उहाँले बताउनु भयो । महाशाखाले अपांगता अनुसारका तालिमको व्यवस्था गर्दै समुदायमा आधारित पुनस्र्थापना कार्यक्रममार्फत आगामी दिनमा पनि समेट्दै लैजाने उहाँले जानकारी गराउनु भयो ।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धादिङ्गका केन्द्र प्रमुख पुरुषोत्तम पाण्डेले अभ्यासलाइ निरन्तरता दिँदै विषयवस्तुमा अध्ययन गर्दै जान प्रशिक्षार्थीहरुलाइ आग्रह गर्नुभयो । अबको केहि दिनमा नै राष्ट्रिय सीप परिक्षण समितिले सीप परिक्षण गर्ने हुँदा तीन महिनासम्म सिकेको सीपको सहि प्रदर्शन गरी छनौटका लागी ध्यान दिन प्रशिक्षार्थीलाइ आग्रह गर्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश नं ३ का उपाध्यक्ष लक्ष्मी काफ्लेले व्यावसायिक तथा स्वरोजगार तालिमसँगै हरेक क्षेत्रमा अपाङ्मैत्री भवन र कार्यालयको ब्यवस्थापन हुनुपर्ने धारणा राख्नुभयो ।
एक्सल एकाडेमीका तालिम निर्देशक निरन्जन मानन्धरले एक दशकदेखिको आफ्नो संस्थाको सिकाइमा विशेष युवाहरुलाइ लक्षित गरी गरिएको यो तालिमले अझै जिम्मेवारी बढाएको बताउँदै सहभागीहरुलाइ वृद्धि विकासमा सदैव साथ दिने विचार व्यक्त गर्नुभयो ।

प्रशिक्षार्थीहरुले भने अवसर पाए यस्ता तालिममार्फत स्वरोजगार हुनसक्ने बताँउदै आगामी दिनमा पनि सिकाइमा सहयोग गर्न सबैलाइ आग्रह गरेका थिए । तालिम अवधिभर प्रशिक्षकहरु केशव भुजेल र पुजा भट्ट एवं सांकेतिक भाषामार्फत सिकाइका लागी शारदा सापकोटा रहनुभएको थियो । कार्यक्रममा सबै प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियो भने सहभागी अतिथिहरुलाइ प्रशिक्षार्थीहरुले नै खाजा खाजा सर्भ गरी आफ्नो सिकायको कला प्रदर्शन गरेका थिए ।

‘हत्केलामा सीप थमाइ सिर्जनशील बनौँ, उद्यमशीलता, रोजगारी, आयआर्जनको दायरालाई फराकिलो बनाई जीवनस्तर समृद्ध पारौँ’ भन्ने नारासाथ यसअघि पनि ४ ठाँउमा तालिम संचालन भैसकेको छ जसबाट ७८ जना अपांगता भएका युवाहरु लाभान्वित भएका छन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 14 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 15 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 26 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते