प्रधानमन्त्री केपी शर्मा अोलीको भाषण सुन्दासुन्दै ढलेका वडा अध्यक्ष घर्तीको निधन

Share it with you friends

काठमाडाैँ ,  १ वैशाख ।  रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको आज कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।

 

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आउनुभएको थियो । स्थानीय निर्वाचनमा उहाँ नेकपा (एमाले) बाट निर्वाचित हुनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उहाँ ढल्नुभएको थियो । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उहाँको मृत्यु भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *