बहु भाषिक कविता बाचन कार्यक्रम सम्पन्न

Share it with you friends

काठमाडौं । विश्व कविता दिवसको अवसरमा नेपालमा रहेको ब्राजिल राजदूतावास र लिजः कविता दबूको संयुक्त आयोजनामा बहु भाषिक कविता बाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदूत मरिया सेरेसा ,ं भारतीय राजदूतावासका रघुवीर शर्मा , यूनेस्कोका श्रीजना चौधरी, युवेन सी , अभय कुमार सहित विभिन्न कुटनीतिक नियोगका प्रतिनिधीहरुले कविता वाचन गरेका छन् ।
कार्यक्रममा पूर्ण बैद्य , प्रतिसरा सायमी, बिमला तुम्खेवा , डा पुष्प राज राजकर्णिकार, छम गुरुङ्ग, श्रीराम श्रेष्ठ भगत दास श्रेष्ठ, , गीता कार्की, शाक्य सुरेन, विना थिङ्ग, स्वप्नील स्मृती, पुष्प रत्न तुलाधर, नवीन चित्रकार, सुदन खुसः, नारद बज्राचार्य , रजनी मिला, सिल्भिया राजोपाध्याय लगायतका कवि कवियत्रीहरुले नेपाली, नेपाल भाषा, अंग्रजी, तामाङ्ग, लिम्बु लगायतया भाषामा कविता वाचन गरेका छन् ।

ललितपुरको यलमाया केन्द्रमा भएको कविता वाचनमा ब्राजिलका कवि सहितं भारतीय कविताका भिजुयल वाचन पनि प्रदर्शन गरिएको छ । कविताका माध्यमबाट आफ्नो अभिव्यक्ति दिने र भाषागत विविधताको सम्मान गर्ने उद्धेश्यले यूनेस्कोको आव्हानमा सन् १९९९ देखि हरेक वर्षको मार्च २१ का तारिखमा विश्व कविता दिवस मनाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *