बारामा महिनावारी स्वास्थ्यबारे सचेतना, युवतीले बाँडे प्याड

Share it with you friends

महिनावारी हुँदा सरसफाई बारे सचेतना नहुँदा संक्रमण बढ्ने खतरा रहेको भन्दै यसबाट जोगिनको लागि महिनावारी सरसफाई सम्बन्धी जनचेतनामुलक अभियान शुरु भएको छ । बारा जिल्लाको करैयामाई नगरपालिकाको विद्यालय एवं टोलबाट अभियान शुरु गरिएको हो ।

व्यक्तिगत पहलमा भएको जनचेतनामुलक कार्यक्रममा स्थानीय वडा प्रमुख, सर्वसाधारण जनता र विद्यालयको शिक्षकहरुको सहभागिता रहेको थियो । जनचेतनासँगै तीन सय साठी किशोरीलाई निशुल्क प्याड वितरण गरिएको थियो । प्रोमिसा मिश्रा र उनको समुहले थालेको अभियानको लागि काठमाडौंबाट प्याड संकलन गरेर लगेका थिए ।

महिनावारी बारे शिक्षकसँग खुलेर भन्न नसक्दा विभिन्न बाहाना बनाएर विद्यार्थीहरु बिदा लिएर घर जाने गरेको अभियानकर्ता प्रोमिसा बताउँछिन् । उनले भनिन्- ‘म पनि यही समुदायबाट प्रतिनिधित्व गर्ने भएकोले यो समुदायका किशोरीहरुले कस्तो समस्या भोग्नुपर्छ भन्ने जानकार छु ।, त्यसैले उनीहरु महिनावारीबारे खुलेर कुरा गर्न सकुन र सरसफाईबारे सचेत हुन भन्ने उद्धेश्यका साथ अभियान शुरु गरेका हौं ।’उनीहरुको अभियानलाई साथ दिँदै स्थानीय बालबालिकाले महिनावारी स्वास्थ्य सम्बन्धी सडक नाटक प्रस्तुत गरेका थिए । साथै करैया गाउँपालिकामा रहेको नेरा विद्यालयका प्रधानाध्यापकले विद्यालयमा स्यानेटरी प्याड र महिनावारी हुँदा दुखाई कम गर्ने औषधी राख्ने प्रतिवद्वता व्यक्त गरेका छन् । तराईमा महिनावारी बोल्न अझै अपराध सरह लिने गरिएको छ । जसको कारण यसबारे महिला स्वास्थ्यमा समेत संक्रमण हुने सम्भावना उच्च हुन्छ ।

महिनावारी हुँदा प्याडको रुपमा कपडाको प्रयोग गर्ने र त्यही कपडा सफासँग नधोई पटक पटक प्रयोग हुने, घाममा सुकाउन नहुने जस्ता मान्यताले महिलाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम छ । ‘यहाँ त अझै प्रयोग भएको प्याड जलाउनुहुन्न, जलाए भविष्यमा सन्तान नहुने जस्ता अन्धविश्वास छ ।, यस्ता अन्धविश्वासलाई चिर्नको लागि म लगायत मेरो समुहले जरुरी ठानेर शुरुवात गरेका हौँ ।’ अभियानकर्ता मिश्रा भन्छिन् ‘हामी शिक्षित युवापुस्ताले समाज परिवर्तनका लागि सकारात्मक भूमिका निभाउनुपर्छ भनेर यो अभियान थालेका हौँ ।’ अब सप्तरी, महोत्तरी, धनुषा लगायतका जिल्लामा पनि अभियान सन्चालन गर्ने योजना रहेको मिश्राले बताईन् ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते