बिहिबार सुनचाँदीको भाउ घट्यो
९ गते २०७६, बिहिबार ।
सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो । यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।
