बूढीगण्डकी प्रभावितलाई छिट्टै मुआब्जा दिइने

Share it with you friends

काठमाडौँ ।  सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ ।

आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लागि  १० अर्ब बजेट विनियोजन गरे पनि प्रभावितले मुआब्जा रकम पाउन सकेका छैनन् ।

मुआब्जा वितरणका लागि सरकारले स्थानीय तहमार्फत काम गर्ने तयारी गरेको छ । स्थानीयवासीलाई नै विश्वासमा लिएर आयोजना निर्माण गर्ने जनाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोकिएको मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्ने र मुआब्जा निर्धारण गर्न बाँकी रहेका स्थानमा पनि छिट्टै निर्धारण हुने जानकारी दिए ।

बूढीगण्डकी आयोजना सरोकार समितिले शुक्रबार मन्त्री पुनलाई मुआब्जा वितरण प्रक्रियामा देखिएको समस्या समाधानका लागि आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको थियो । सो अवसरमा मन्त्री पुनले स्थानीयवासीलाई नै खुशी बनाएर राष्ट्रिय गौरवको आयोजना अगाडि बढाइने सोचमा सरकार रहेको र छिट्टै आवश्यक निर्णय लिइने बताए । मन्त्री पुनले भने, ‘राज्यले सम्पत्ति लिएपछि घर घर पुगेर मुआब्जा दिनुपर्ने हो । तपाईँहरु यसरी धाउनैपर्ने थिएन । सरकारलाई सहयोग गर्नुस् । मुआब्जा निर्धारण नभएको ठाउँमा निर्धारण गर्न सरकार लाग्छ । अब आयोजनाका सम्बन्धमा कुनै पनि द्विविधा बाँकी रहँदैन ।’

स्थानीय जनताको लाभका लागि पनि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु गर्नैपर्ने बताउँदै उनले स्थानीयवासी र सबै नेपालीले लाभ पाउने गरी सरकारले आयोजनाको ढाँचा तयार पार्ने जानकारी दिए । पूवर्तवर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले सो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । करीव  एक खर्ब सरकारले अनुदान दिएमा आयोजना लगानीयोग्य हुने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्ले नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

आयोजना सरोकार समितिका संयोजक हरेराम ढकालले मुआब्जाका कारण स्थानीय जनता लामो समयदेखि समस्यामा पर्दै आएको विषयमा मन्त्री पुनलाई जानकारी गराइएको बताए । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा बूढीगण्डकीलाई राखे पनि काम भने प्रभावकारी हुन नसकेकामा स्थानीयवासी प्रभावितले आक्रोश व्यक्त गर्दै आएका छन् । धादिङको खहरे बजार र गोरखा आरुघाट बजारको हालसम्म मुआब्जा निर्धारण हुन सकेको छैन ।

आयोजना प्रभावितलाई  ६३ अर्ब मुआब्जावापत वितरण गर्नुपर्ने मन्त्रालयको भनाइ छ । आर्थिक वर्ष २०७३/७४ मा   पाँच अर्ब मुआब्जा वितरण गरिएको थियो । आयोजनाबाट धादिङ र गोरखाका साविकका २७ गाविस प्रभावित हुनेछन् । आयोजना निर्माणका लागि सरकारले पूर्वाधार करमार्फत हालसम्म  १५ अर्ब जुटाइसकेको छ । पेट्रोलियम पदार्थ आयात गर्दा भन्सारविन्दुमा नै प्रतिलिटर पाँच पूर्वाधार कर लगाइएको छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते