बैरेनी साना किसानको साधारण सभा सम्पन्न, नयाँ अध्यक्षमा बद्रि अधिकारी

Share it with you friends

बैरेनी साना किसान कृषि सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन सम्मपन्न भएको छ ।
गल्छी गाउँपालिका ६ महेश दोभानमा भएको साधारण सभाले बद्रि प्रसाद अकिारीको अध्यक्षतामा १० सदस्यिक सञ्चालक समिति र पशुपति धितालको सयोजकत्वमा ३ सदस्यि लेखा सुपरिवेक्षण समितिको चयन गरेको छ ।

सहकारीकाे नवनिर्वाचित सञ्चालक समिती

विहिबार सम्पन्न भएको साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र तामाङले संस्थाको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।

बैरेनी साना किसान कृषि सहकारी संस्थाले गत असार मसान्त सम्म ७० लाख २४ हजार ९ सय ९८ रुपैया खुद नाफा गरेको जनाएको छ ।

१४ सय ६ जना शेयर सदस्य रहेको सहकारीले विभिन्न सामाजिक सामुदायिक कृयाकलाप मार्फत कृषकहरुलाई सेवा दिइरहेको जनाईको छ । जस अन्तरगत कृषि यान्त्रीकरण, विउ विजन वितरण, विमा लगायतका सेवाहरु समेत प्रदान गरिरहेको संस्थाले जनाएको छ ।

गल्छी गाउँपालिका वार्ड नं ६ मा सञ्चालित यस सहकारीले साविक बैरेनी गाउँ विकास समितिका हरेक कृषक घर परिवार समेटी एक घर एक सदस्य बनाउने योजना गरेको संस्थाका प्रवन्धक रामजी खतिवडाले साधारण सभामा पेश गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बैरेनी साना किसान कृषि सहकारीको साधारण सभामा आप्mनो शुभकामना मन्तव्य राख्दै गग्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले कृषकका हरेक समस्या समाधान गर्न गाउँपालिका र सहकारी एक जुट भएर अघि बढ्नुपर्ने बताउँदै जनमुखी सहकार्यका लागि गाउँपालिका सधै तयार रहेको बताउनु भयो ।

गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारीले गाउँपालिका भित्र सञ्चालित समान प्रकृतिका सहकारी संस्थाहरुले एकिकृत भएर आप्mना कृयाकलाप सञ्चालन गरि हरेक नागरिकका घर आँगनमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिदै सहकारी संस्थाहरुको एकिकरणका लागि आवस्यक सहजिकरण गर्न गाउँपालिका तयार रहेको बताउनु भयो ।

गल्छी गाउँपालिका वार्ड नं ६ का अध्यक्ष दिपक कार्कीले कृषक हरुका साना साना समस्या समेत पत्ता लगाई साधानको उपाय खोज्न सहकारीलाई सुझाव दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि साना किसान विकास लघुवित्त वित्तिय संस्थाका अध्यक्ष तथा साना किसान कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम बहादुर पाठकले झण्डै झण्डै बन्द हुने अवस्थामा पुगेको बैरैनी साना किसान कृषि सहकारीले पुर्नजन्म पाएको भन्दै संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्य कृषकहरुलाई धन्यवाद दिनुभयो ।

साधारण सभामा विशेष अतिथिको रुपमा साना किसान कृषि सहकारी बागमती प्रदेश संघका अध्यक्ष डिल्ली पाठक, जिल्ला संघका अध्यक्ष रंग थपलियाले संस्थाको प्रगतिका लागि शुभकामना दिनुभयो ।

कार्यक्रममा गल्छी गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरु, गाउँपालिका कृषि तथा पशुविकास शाखाका प्रमुखहरु, सामाजिक विकास तथा सहकारी विभागका प्रमुख, गाउँपालिका भित्र सञ्चालित साना किसान सहरकारी र अन्य सहकारी हरुका प्रमुखहरु र सेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रममा उपस्थित हुने शेयर सदस्यका लागि सहकारीले खाजा खर्च स्वरुप प्रति सदस्य ६ सय रुपैया प्रदान गरेको थियो ।

संस्थाले साधारण सभाको अवसरमा सहकारीमा आवद्ध भएका असल ऋणी तथा बचतकर्ता, विभिन्न कृषि व्यवसाय सञ्चालन गरिरहेका व्यवसायिक कृषकलाई नगद सहित सम्मान समेत गरेको छ ।

संस्थाका कर्मचारीहरू
  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते