काठमाडौं । ब्राजिल कतारमा जारी २२औं विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्टेडियम ९७४ मा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा ब्राजिलले एसियाली टोली दक्षिण कोरियामाथि ४–१ गोलको सानदार जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । खेलको सुरुवातदेखिनै आक्रामक खेल प्रदर्शन गरेको ब्राजिलले चारवटै गोल पहिलो हाफमा गरेको थियो । ब्राजिलको जितमा भिनिसियस जुनियर, कप्तान नेयमार, रिर्चालिसन र लुकास पाक्वेटाले गोल गर्नुभयो । दक्षिण कोरियाका पार्क सेउङ हो ले सान्त्वना गोल फर्काउनुभयो ।
ब्राजिलले सातौं मिनेटमै भिनिसियसको गोलमा अग्रता लिएको थियो । घम्साघम्सीबीच डिबक्स भित्र प्राप्त बललाई भिनिसियसले पोस्ट नजिकैबाट गोल गर्नुभयो । नेयमारले १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । कोरियाका रक्षकले डिबक्स भित्र रिचार्लीसनलाई लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो । नेयमारले राष्ट्रिय टोलीका लागि ७६औं गोल हो । उहाँ ब्राजिलका सर्वाधिक गोलकर्ता महान खेलाडी पेलेको कीर्तिमानबाट एक गोलले मात्र पछाडि हुनुहुन्छ ।
यसैगरी एक पछि अर्को आक्रमण बुनेको ब्राजिलका लागि रिचार्लीसनले २९औं मिनेटमा थियागो सिल्भाको पासमा गोल गर्दै थप बलियो बनाउनुभयो । त्यसपछि ३६औं मिनेटमा पाक्वेटाले भिनिसियस जुनिअरको पासमा गोल गर्दै ब्राजिलको सहज जितको आधार बनाउनुभयो । दोस्रो हाफमा रक्षात्मक र आक्रामक दुवै रणनिति अपनाएको ब्राजिलको थप गोल प्रयासका दक्षिण कोरियाका गोल रक्षक किम सुङयु बाधक बन्नुभयो ।
कोरियाले ७६औं मिनेटमा सान्त्वना गोल फर्काएको थियो । स्युङ हो पाइकको पहिलो प्रहार ब्राजिलका गोलरक्षकले फर्काएको बलमा पार्क सेउङ होको लामो शसक्त प्रहारले सोझै जाली चुमेको थियो । दोस्रो हाफको अन्त्यातिर ब्राजिलले नेयमार लगायत रोजाईका खेलाडीलाई स्थानान्तरण गरेको थियो । दक्षिण कोरियाको हारसँगै जारी विश्वकपका एसियाली टोलीको यात्रा सकिएको छ ।
सर्वाधिक पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलले अब क्वार्टरफाइनलमा साविक उपविजेता क्रोएसियाको सामना गर्नेछ । सोमबार रातिनै भएको प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाले अर्को एसियाली टोली जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले स्तब्ध बनाएको थियो । नकआउट चरणमा स्थान बनाएको अष्ट्रेलिया अर्जेन्टिनासँग २–१ गोलले पराजित भईसकेको छ । आयोजक कतारसहित एसियाका ६ टोलीको सहभागिता रहेको यस विश्वकपमा कतार, साउदी अरव र इरान समूह चरणबाटै बाहिरिएका थिए । एजेन्सी

ब्राजिल क्वाटरफाईनलमा प्रवेश
Related Posts
-
साँझको चुलो बल्ने आसमा सुत्केरी अञ्जली
दिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ एक साता अघि पहिलो सन्तानकी आमा…
-
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’
काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज…
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही…
-
नेपाल जापान सम्वन्धकाे ७० वर्ष, धुनिबेशीमा राेपियाे ७० वटा साकुरा
नेपाल जापान दौत्य सम्वन्धको ७० वर्षको अवसरमा धुनिबेशी नगरपालिका ८ को बनदेबी सामुायिक बन अन्तरगतको…





Leave a Reply