भर्ना महाअभियानको दोस्रो चरणसगैँ विद्यालयले थाले घरदैलो तथा र्याली

Share it with you friends

धादिङ , १९ वैशाख । नेपाल सरकार राष्ट्रिय विद्यार्थी भर्ना महाअभियान अन्तरगत दोस्रो चरणको भर्ना अभियान सुरु भए संगै सामुदायिक विद्यालयहरुले  घर दैलो तथा जन चेतना मुलक अभियान सुरु गरेका छन ।

शिक्षाका पहुँच बाट कुनै पनि विद्यार्थी नछुटुन भन्ने उद्देश्यका साथ सरकारले थालेको भर्ना महाअभियान संगै विद्यालयले आफ्ना समुदाय क्षेत्र भित्र शिक्षाको पहुँचवाट टाढा रहेका बालबालिका लाई विद्यालय सम्म ल्याउनका लागि विभिन्न अभियान थालेका हुन ।

यसै विच धादिङको धुनिबेसी नगरपालिका वडा नं. ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयले ईटा भट्टामा काम गर्ने मजदुरका छोरा छोरी लाई विद्यालय सम्म ल्याउनका लागी जन चेतना मुलक र्याली गरेको छ ।

“आमाबुबा दाजुभाई पढ्न पठाउ साथीलाई ” भन्ने प्लेकार्ड बोकेका विद्यार्थी तथा शिक्षकहरुले विद्यालय क्षेत्र नजिकैको इटाभट्टा सम्म र्याली गरेका थिए ।

त्यस्तै थाक्रे गाँउपालिका वडा नं. ६ मा रहेको जनजागृति माध्यमिक विद्यालय ले पनि आफ्नो समुदाय भित्र घरदैलो अभियान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *