मदनको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएपछि हरिवंशको यस्तो प्रतिक्रिया

Share it with you friends

काठमाडाैं, २३ असोज । महजोडीका हरिवंश आचार्य दम्पत्तिलाई  मंगलबार कोरोना पोजेटिभ देखियो । सँगै काममा खटिएका मदनकृष्ण श्रेष्ठलाई उनले तत्काल फोन गरे ।

त्यसपछि मदनको तीन दिन तनावमा बित्यो । विभिन्न रोगहरुबाट पीडित रहेका श्रेष्ठ केही समय त अत्तालिए पनि । आफ्नो सहपाठीलाई कोरोना संक्रमण भएपछिको चार दिनमा श्रेष्ठले गरेका अनुभूति सामाजिक सञ्जालमा शुक्रबार शेयर गरेका छन् ।
यस्तो छ मदनको अनुभूति-

हरिवंशले फोन गरेर ‘दाई, रमिला र मेरो पिसिआर टेष्ट गराएको, रिपोर्टमा त दुबैजनालाई कोरोना पोजिटिभ पो देखायो त’ भन्दा म एकछिन त झसङ्ग भएँ किनभने दुई दिन बिहानदेखि बेलुकासम्म एउटा शुटिङ्गमा व्यस्त भएका थियौं। फेरी एउटै गाडी चढेका थियौं । त्यस माथि आफु पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँच थरी औसधी खाइराखेको मान्छे।
हुन त मलाई केहि हुँदैन भन्ने कुरामा ढुक्कै थिएँ तैपनि पनि क्या हो क्या हो , के भन्न सकिन्छ र।
“ह” लाई समाते पछि “म” लाई मात्र के बाकी राख्ला र , समात्यो होला बजियाले भन्या जस्तो गरि मेरो पालो चुपचाप घरैमा isolated भएर बसें।
आज बिहानै B&B hospital बाट Dr Niraj Baidhya ले PCR टेस्ट गर्न एकजना मान्छे पठाइदिनु भएको थियो ।
अहिले भर्खर B&B बाटै Dr. Reena Baidhya ले फोन गरेर “तपाइको PCR report negative आको छ है अङ्कल” भनेर खबर गरिन्।
Dr. Reena Baidhya लाई मैले धन्यबाद दिएं र तुरुन्तै हरीलाई फोन गरेर मेरो PCR report negative आएको कुरा सुनाएँ.
मेरो कुरा सुनेर हरीले भन्यो –
“ ओहो दाइ , खबर सुनेर मेरो त मनै हलुका भयो , मलाई आफ्नो भन्दा तपाइको बढी चिन्ता लागिरहेको थियो……”

  • Related Posts

    ‘महापुरुष’को ओपनिङ, हल हलमा दर्शक भेट्दै हरिवंश

    काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो । नेपालका एकसय…

    करिश्माको प्रश्न- नेताज्यु, हिजो जनतालाई दुःख पर्दा किन सडकमा नआएको ?

    सदावहार अभिनेत्री करिश्मा मानन्धरले जनतालाई दुःख पर्दा नेताहरु सडकमा किन नआएको भनेर प्रश्न गरेकी छिन् । केही समय राजनीतिमा लागेर पुनः अभिनयमा फर्किएकी मानन्धरले हिजो जनताले दुःख पाउँदा सडकमा नआएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते