महादेवस्थान माबिको ३१औं वार्षिकोत्सब समारोह सम्पन्न

Share it with you friends
 
राजाराम डंगोल धार्के २०७६ पुस १० गते,   धादिङको धुनिबेशी नगरपालिका ५ कुमाइ खोलामारहेको महादेवस्थान माबिको ३१औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ।धुनिबेशी नगरपालिका का प्रमुख बालकृष्ण आचार्य को प्रमुख आथित्यता मा सम्पन्न भएको कार्यक्रम मा महादेवस्थान बिधालय तथा छिमेकी बिधालय का बिद्यार्थी हरुले उपस्थित दर्सक हरुलाइ मनोरञ्जन प्रदान गरेका थिए । तेस्तै सोही बिधालय मा पढ्ने सान्ता रुपाखेती ले आफ्नो छोरी अपांग भएको र अपांग मैत्रीपूर्ण बिधालय बनाउन को साथै अपांग बिद्यार्थी हरु पड्न सजिलो होस भन्ने उदेश्य अक्षयकोष को स्थापना गर्नको लागि रु एक लाख ५ हजार सहयोग गर्नु भएको छ। तेस्तै कार्यक्रम का प्रमुख अतिथी एबम धुनिबेशी नगरपालिका का प्रमुख बालकृष्ण आचार्य ले महादेवस्थान बिधालय ले ३१ औं बर्ष को वार्षिक समारोह को अवसरमा अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम गरेको मा उत्तर उत्तर प्रगतिको शुभकामना कामना दिनुभयो । 
कार्यक्रम मा बोलदै आचार्य ले धुनिबेशी नगरपालिका भित्र का शैक्षिक गुणस्तर वृद्धि गर्न को लागि लागि परेको र यस कार्यमा सबैले साथ दिन पनिआग्रह गर्नुभयो नगर पालिका भित्रका बिधालय हरुलाइ हरेक कुरामा अनुगमन गरिरहेको कुनै कुरामा पनि बिधालय लाई कमि हुन नदिने पनि आचार्य ले बताउनु भयो।     
तेस्तै सोही बिधालय को प्रधानाध्यापक अनिल रुपाखेती ले कार्यक्रम मा बोल्दै अफुभन्दा अगाडि रहनु भएका प्रअ हरु अभिभावक बिद्यार्थी र सम्पुर्ण महानुभाब हरुको कारण लेनै आज बिधालय यश स्थान सम्म आएको र भोलिका दिन हरुमा पनि यसलाइ जोगाइ रख्नेर अझ गुणस्तरीय बनाउने बताउनु भयो। वार्षिकोत्सब कार्यक्रम मा नगरपालिका का प्रमुख बालकृष्ण आचार्य , नगरपालिका का शिक्षा शाखा का सुजन राज खनाल , बिकाश खत्री धुनिबेशी नगरपालिका वडा नम्बर ५ का कार्यबहाक वडा अध्यक्ष ऋषि कुमार ढकाल विभिन्न बिधालय का प्रमुख तथा प्रतिनिधि हरु विभिन्न संघसंस्था का प्रतिनिधिहरु अभिभावक बिद्यार्थी लगाएत को उपस्थिति रहेको थियो। भने केहिदिन अगाडि गरेको हाजिर जवाफ प्रतियोगिता मा प्रथम, दोस्रो, तेस्रो ,सान्तोना भएको बिद्यार्थी हरुलाइ पुरस्कार वितरण गरिनुको साथै सहभागी बिधालय हरुलाइ पनि प्रमाणपत्र प्रदानगरिएको थियो।

Chat Conversation End
  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते