माओवादी पार्टीमा अहिले म छैन : सभामुख महरा

Share it with you friends

काठमाडौं, २८ चैत । सभामुख कृष्णबहादुर महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको बताएका छन् । सभामुख सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको उनले बताएका छन् ।

संसदीय मामिला पत्रकारसँग बुधबार सिंहदरबारमा कुरा गर्दै महराले भने, अब सभामुखको पदमा रहुञ्जेल निष्पक्ष भूमिकामा हुन्छु । हिजो माओवादी पार्टीमा थिए तर अब छैन ।’
उनले थपे, ‘सभामुख नहुँदा पार्टीमा रहँदा पनि म सबैसँग सन्तुलनमा रहने भएकाले राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायसँग संवाद गर्नलाई पार्टीले खटाउँथ्यो ।’

अर्को एक प्रसङ्गमा सभामुख महराले दुई वर्ष्भित्रमा संसदको आफ्नै भवन हुने बताए । उनका अनुसार सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद भवन बन्नेछ । त्यसका लागि पुतली बगैचामा रहेको सेनाको ब्यारेक गृहमन्त्रालय पछाडि सार्न प्रधानसेनापति सहमत भइसकेको उनले बताए ।

भवन निर्माणका प्राबिधिक काम शुरु भैसकेको सभामुखले बताए । सभामुख महराले आगामी असोज भित्र संविधान अनुसार सबै कानूनहरु बनाइसक्नु परने भएकाले सबै मन्त्रालयले विधेक मस्यौदा गरेर पठाउन प्रधानमन्त्री सग कुरा भैसकेको बताए । उनले संसदको रिपोर्टिङ गर्ने पत्रकारको सुबिधाका लागि आफूले सघाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *