माता पिताकाे स्मृतिमा छात्रबृत्ती

Share it with you friends

धुनिबेशी । समाजसेवी प्रल्हाद खकुरेलले दुई जना बिद्यार्थीहरुलाई छात्रबृत्ती रकम प्रदान गर्नुभएको छ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर २ कुखुरेचौरमा रहेको दशरथ चन्द माध्यमिक बिद्यालयमा नतिजा प्रकाशन तथा अबिभावक भेलाको अवसरमा विद्यालयको कक्षा ३ मा अध्ययन गर्ने प्रमिला लामा र कक्षा २ का रोहिन रोक्कालार्ई ५/५ हजार रकम प्रदान गर्नुभएको हो ।

उहाँले यस अघि पनि थाक्रे गाउँपालिकामा रहेको महाँकालेश्वरी माध्यमिक विद्यालय र धुनिबेशिको खानीखोलामा रहेको माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई दुई जना बिद्यार्थीहरुलाई आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । आफ्नो पिता भवप्रसाद खकुरेल र माता कान्छिमाया खकुरेलको सम्झनामा स्थापना गरिएको खकुरेल स्मृति समाजका सँस्थापक समेत रहनुभएका प्रल्हाद खकुरेलले सोहि कोषबाट केहि जेहेन्दार बिद्यार्थीहरुलाई आर्थिक सहायता प्रदान गर्दै आएको बताउनुभयो । खकुरेल बातावरण सँरक्षण तथा बिकास समीतीका अध्यक्ष पनि हुनुहुन्छ ।

यसैबिच धुनिबेशिनगरपालिका वडा नम्बर २ का अध्यक्ष बलराम कुँवरको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा बाल कक्षा देखि कक्षा ९ सम्मका बिद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको छ । कुँवरले बिद्यालयको लागी आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको र बिद्यालयमा माबि शिक्षक ल्याउन पहल गर्ने उहाँले बताउनुभयो ।

बिद्यार्थीहरुले प्राप्त गरेका उपलब्धिहरुलाई अविभावकको माझ प्रस्तुत गर्दा अझ पढ्ने हौसला बढ्ने मुख्य हेतुले कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईलले जानकारी दिनुभयो । बिद्यालयमा नतिजा प्रकाशनसँगै बिद्यार्थीहरुले आफ्ना बिभिन्न प्रस्तुती समेत राखेका थिए । नागरीकपाटी डट कम बाट साभार गरिएकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *