मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्वको समीक्षा कार्यक्रम

Share it with you friends

धादिङ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि जिल्लामा इन्सेकले अभिलेखीकरण गरेको घटनाबारे पृष्ठपोषण तथा सुझाव सङ्कलन गर्नका लागि वार्षिक समीक्षा गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंगलबार धादिङबेसीमा सरोकारवाला बीच सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३६ ओटा घटना रहेका छन् । समीक्षा कार्यक्रममा धादिङका लागि इन्सेक प्रतिनिधि सीताराम अधिकारीले प्रस्तुत गर्नुभएको घटना विवरणमा निर्वाचन लक्षित कुटपिट झडपको घटना १२, बलात्कार ३ ओटा, बलत्कारको प्रयास १ ओटा, बाल यौन दुर्व्यवहारका पाँच ओटा, हत्या २ वटा लगायतका रहेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले मानव अधिकारको आधारभूत विकास गर्न कानुन न्यायको दृष्टिले सबैले आफ्नो जिम्मेवारी पूरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताउनुभयो । उहाँले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताउनुभयो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका विषय पनि समावेश गर्न सहभागीले सुझाव दिएका छन् । इन्सेकले प्रहरी प्रशासनन, स्थानीय तह सँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन र राष्ट्रिय परिचयपत्र र नागरिकता, राहदानी बनाउन नागरिकल भोगेको सास्ती प्रति पनि चासो दिन समेत सुझाव दिएका छन् । कार्यक्रममा विभिन्न सरकार तथा गैर सरकारी निकाय पत्रकार, सामाजिक अभियान्ता, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    धादिङ । गणित विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते हुने भएको छ ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा