मोदी-ओली भेटवार्ता, प्रतिनिधिमण्डलसँगको वार्तापछि संयुक्त विज्ञप्ति आउने

Share it with you friends

काठमाडौं, २८ वैशाख । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता सुरु भएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार केहीबेर अघिबाट भेटवार्ता सुरु भएको हो ।

दुई प्रधानमन्त्रीको एक्लाएक्लै भेटलगत्तै प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । दुई पक्षीय भेटपछि संयुक्त वक्तव्य जारी गर्ने बताइएको छ ।

सोही होटेलबाटै प्रधानमन्त्रीद्वयले ९०० मेगावाटको अरुण तेस्रोको रिमोटमार्फत शिलान्यास गर्ने कार्यक्रम रहेको छ । आजै भारतीय प्रधानमन्त्री मोदीले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
औपचारिक भेटवार्ताका कार्यक्रमहरु सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी मोदीको सम्मान रात्रीभोज पनि आयोजना गरेका छन् ।
तस्बिरः रोशन सापकोटा/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *