स्थानीय

यदि तपाइँ धानको बिउ राख्न को लागि तयारीमा  हुनुन्छ भने यसरि छान्नुहोस् धानको बिउ

Share it with you friends

१४ जेष्ठ,२०७७  – विश्वभरि  फैली रहेको कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अहिले यो  मुलुक लकडाउनको अवस्थामा छ । सरकारले लकडाउन अर्थात बन्दा बन्दि गरेपछि त्यसको प्रत्यक्ष असर भने कृषि क्षेत्रमा परेको छ ।

यदि धानको बीउराख्नको लागि तयारीमा हुनुहुन्छ भने यसरी छान्नुस धानको बीउ

– तीन लिटर पानीमा मसिनो धानको लागि लगभग ५०० ग्राम र मोटो धानको लागि ६०० ग्राम नुन एउटा बाल्टीनमा राम्ररी घोल्ने।

– घोलिएको नुन–पानीमा एक किलोग्राम जति धानको बीउ खन्याउने, एकैछिन चलाउने र १(३ मिनेट जति बीउलाई तैरिन र थिग्रिन दिने।

-तैरिएका र थिग्रिएका बीउलाई अलग(अलग झिकेर छुट्टै राख्ने। बाँकी बीउलाई त्यसरी नै सोही नुन–पानीको घोल प्रयोग गर्दै छुट्याउने।

– बीउको मात्रा धेरै वा थोरै भए सोही अनुरुप नुन–पानीको घोलको मात्रालाई बढाउन वा घटाउन सकिन्छ।

-थिग्रिएको बीउलाई सफा पानीले २ पटक सफा गरी व्याड राख्ने।

– छरुवा धान भए सिधै छर्ने। यसरी छानेको बीउलाई सोही दिन ब्याड नराख्ने वा नछर्ने भए बीउलाई पानीले पखाली छहारीमा राम्ररी सुकाएर राख्न सकिन्छ।

– तैरिएको बीउलाई पनि पानीले पखालेर र सुकाएर अन्य प्रयोजनमा ल्याउन सकिन्छ। नुन–पानीको घोललाई गाईभैंसीको कुँडो बनाउँदा प्रयोगमा ल्याउन सकिन्छ।

– बीउलाई साफ, साफल वा बेभिष्टिनले ३।० ग्राम प्रति के.जी। को दरले मिसाएर बन्द भाँडोमा वा बाल्टिनमा सबै दानामा लाग्ने गरी उपचार गर्ने। उपचार गरेको ३/४ दिनभित्र ब्याडमा बीउ राख्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *