युएस बंगलाका मृतक पाइलटकी पत्नी अफ्सनाको पनि मृत्यु
काठमाडौं । त्रिभुवन विमानास्थलमा फागुन २८ गते दुर्घटना भएको युएस बंगलाको विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको मृत्यु भएको छ ।
शुक्रबार ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा उनको मृत्यु भएको हो ।
अप्सनालाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल लगेर भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान ९/३० बजे भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम द डेली स्टारलाई बताएका छन् ।
उनको शव पति अबिदको चिहान नजिकै राखिने पारिवारिक स्रोतले बताएको छ । उनको मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिनेछ ।
