युवा संघ अध्यक्षमा रमेश पाैडेल, यस्तो बन्यो महाधिवेशन अायाेजक कमिटि
काठमाडौं , ६ वैशाख। युवा संघ नेपालको चालु केन्द्रिय कमिटीको बैठकले रमेश पौडेललाई महाधिवेशन आयोजक कमिटीको अध्यक्ष चयन गरेकाे छ । वैठकले बरिष्ठ उपाध्यक्षमा किरण पौडेललाई चयन गरेको छ ।
यस्तै उपाध्यक्षहरुमा हस्त शाही, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, प्रभातविक्रम कटुवाल चयन हुनुभएको छ भने महासचिवमा नरेश शाही चयन हुनुभएको युवासंघले जनाएको छ ।
त्यसैगरी सचिवहरुमा सचीवहरु माधब बास्तोला, वचन सिंह,राजेश साह,उर्मिला सुनुवार ,अन्जना अधिकारी,पुर्ण लामा,हिमाल लिम्बू,दिपक जिएम,क्षेतिज थेबे,सन्तोष रावल,राजु कार्की ,धुरब यादब,सुरेन्द्र कार्कि रहनुभएकाे छ ।
मंगलवार केन्द्रीय कमिटिमा राजीव पहारीले राजीनामा दिएपछि वैठकले महाधिवेसन आयोजना कमिटि गठन गरेको आयोजक कमिटि संयोजक पौडेलले बताउनुभएको छ । अध्यक्ष पौडेलले युवा संघ पूर्ण रुपमा एकढिक्का भएर जारी समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको यात्रामा लैजान डटेर लाग्ने दृढता व्यक्त गर्नुभएको छ ।
