यौन क्षमता वृद्धि गर्न सेवन गर्नुस् यी घरेलु सामाग्री

Share it with you friends

एजेन्सी । कमजोर यौन क्षमताका कारणले नै धेरै वैवाहिक सम्बन्धमा खटपट आएको हामीहरुले देख्दै र सुन्दै आइरहेका छौं । यौन सन्तुष्टि र क्षमता बढाउन मानिसहरु विभिन्न औषधीहरु सेवन गर्नुका साथै लाखौं रुपयाँ खर्चिरहेका हुन्छन् तर सन्तुष्टि प्राप्त गरिरहेका हुँदैनन् ।

यसका लागि आयुर्वेदले केही घरेलु सामाग्रीद्वारा प्राकृतिक निदान र क्षमतामा वृद्धि गर्ने सल्लाह दिन्छ ।

शिलाजीत हामीबीच सामान्य नाम हो । बजारमा यो केप्सूल र तेलको रुपमा पाइन्छ । गर्मी महिनामा हिमाली चट्टानबाट बर्सिने शिलाजीत एउटा पत्थरजस्तै पदार्थ हो । यसले शरीरको कमजोरीलाई हटाएर शरीरका तन्तुहरुबीच सम्पर्क बढाउँछ । यसले मानिसमा यौनइच्छा बढाउँछ । यौन क्षमता बढाउन तपाई चामलको दानाको आकारको शिलाजीतलाई गाईको घ्यु या महसँग सेवन गर्नुहोस् ।

शीलाजीतमा जस्तै अश्वगन्धमा पनि धेरै किसिमका चमत्कारी गुणहरु पाइन्छ । राती सुत्न अघि दुधसँग एक चम्ची अश्वगन्धको पाउडर सेवन गरियो भने यसले यौन क्षमतामा वृद्धि गराउनुका साथै शरीरमा रोग प्रतिरक्षा क्षमताको विकास गर्छ ।

सेतो मूसली शक्तिवर्दक आयुर्वेदिक जडिबुटी हो । यौन क्षमता बढाउनका लागि यो रामबाण सावित हुन्छ । यसले शुक्रकिट उत्पादनमा वृद्धि गर्छ । यसको एकचम्ची पाउडरलाई मिश्री र दूधको साथमा बिहान बेलुकी सेवन गर्दा परिणाममुखी हुन्छ ।

कुरिलो महिलाहरुका लागि अचुक औषधी मानिन्छ । यसले महिलाहरुमा यौन सम्पर्क गर्ने क्षमताको वृद्धि गर्छ । नेपालमा तरकारीको रुपमा प्रयोग हुने कुरिलोको सेवनले पुरुषमा पनि यौनइच्छा वृद्धि गर्छ । यसले कमजोर शुक्रकिट र पिसावको समस्यालाई पनि टाढा भगाउँछ । विहान दैनिक एक चम्ची गाईको घ्यु र मिश्रीको साथमा आधा चम्ची कुरिलो सेवन गर्दा यौन क्षमतामा सुधार आउनुका साथै शरीरका अन्य कमजोरी पनि टाढा भाग्छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते