यौन शक्ति बढाउन सुई प्रयोग गर्दा युवतीकाे ज्यानै गयो

Share it with you friends

नयाँ दिल्ली– भारतको महाराष्ट्रमा यौन शक्ति बढाउन सुई (इन्जेक्सन) प्रयोग गर्दा युवतीको ज्यान गएको छ।
महाराष्ट्रस्थित भिवंडी सहरको शान्तिनगर थाना क्षेत्रस्थित जनकल्याण नाकामा रहेको अशोका होटलमा प्रेमीसँग गएकी २८ वर्षीया युवतीको औषधिको ओभरडोजले ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

रमाइलो गर्न होटल पुगेका प्रेमी भने फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। दुबैले होटलमा कोठा लिएर बसेका थिए। त्यसक्रममा युवतीले यौन शक्ति बढाउने सुई लगाएकी थिइन्।

सुईले स्वास्थ्यअवस्था बिग्रिएपछि उनका प्रेमी उनलाई त्यही छोडेर भागेका थिए। होटलका वेटरले अर्डर लिन आउने क्रममा युवतीलाई बेहोस देखेपछि म्यानेजरलाई जानकारी गराई अस्पताल लगिएको थियो।

अस्पतालमा उनको होस आएको र डाक्टरलाई आफ्नो नाम र ठेगाना बताएपछि केही बेरमै मृत्यु भएको बताइएको छ। घटनाबारे अस्पतालले प्रहरीलाई जानकारी गराएपछि युवतीको शव नियन्त्रणमा लिएर प्रहरीले छानविन थालेको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार अमृतनगरको रशीद कम्पाउण्ड घर भएकी युवती कल्याणनिवासी आफ्ना प्रेमीका साथ भिवंडी आएकी थिइन्।  एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *