रानीपोखरीमा तीन करोड स्वाहा !

Share it with you friends

काठमाडौँ, २३ चैत । सरकारले समयमै सही निर्णय लिन नसक्दा बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीको पुनर्निर्माणमा लगानी भएको साढे ३ करोडभन्दा बढी रकम खेर जाने भएको छ। मौलिक सम्पदाको स्वरूप बिग्रने गरी बनेका संरचना भत्काएर पुरानै निर्माण सामग्री प्रयोग गरी बनाउने निर्णय भएपछि साढे ३ करोडभन्दा धेरै लगानी स्वाहा भएको हो।

अब अहिलेसम्म बनाइएका कंक्रिटका सबै संरचना भत्काइने भएको छ। सरोकारवालासँगको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले रानीपोखरी पुनर्निर्माणमा कंक्रिट संरचना भत्काउने निर्णय गरेका हुन्। भूकम्पमा क्षतिग्रस्त मन्दिर र पोखरी पुनर्निर्माण डेढ वर्ष अघिदेखि सुरु भए पनि कंक्रिटको प्रयोग गरिएपछि विवादित बनेको थियो।

बिहीबार महानगरपालिका पुगेका पर्यटनमन्त्री अधिकारीको उपस्थितिमा महानगरपालिका प्रमुख, उपप्रमुख, पुरातत्व विभागका महानिर्देशक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत सरोकारवालासँग गरेको छलफलले यस्तो निर्णय गरेको हो। कंक्रिट संरचनाले नेपालको मौलिक सम्पदा नासिने ठहर गर्दै अहिलेसम्म बनेका सबै संरचना भत्काइने निष्कर्षमा मन्त्रालय पुगेको छ। महानगरपालिकाले रानीपोखरीमा ३ करोड १० लाख रुपैयाँ बराबरको काम गरेकोमा २ करोड ३० लाख रुपैयाँ भुक्तानी दिइसकेको छ। विभागले मन्दिर मुनिको भाग र मन्दिरसम्म पुग्ने भागमा गरेको खर्चको विवरण खुलाएको छैन।

विभागका महानिर्देशक भेषनारायण दाहालले रानीपोखरी पुनर्निर्माणबारे गत पुस १३ गतेको मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको माघ २ गतेको आदेशअनुरूप मन्दिरको काम अघि बढाएको बताए। सर्वोच्चले ‘जेजसरी भइरहेको छ काम नरोक्नू, तर प्रत्येक महिना प्रगति प्रतिवेदन बुझाउनू’ भन्ने आदेश दिएको थियो। मन्त्रिपरिषद्ले विभागकै ‘ड्रइङ’ र ‘डिजाइन’ अनुसार काम गर्नू भनी निर्णय गरेको थियो। अन्नपुर्णपोस्टमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते