रेल सेवा सञ्चालन सम्भाव्यता अध्ययन गर्न चिनियाँ समूह नेपालमा

Share it with you friends

काठमाडौँ । नेपाल र चीनबीच रेल सेवा सञ्चालन सम्भाव्यता अध्ययन तथा सर्भे गर्न एक चिनियाँ समूह नेपाल आइपुगेको छ । नेपालस्थित चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिङले एक ट्वीटमार्फत् सो समूह नेपाल आइपुगेको बताउँदै स्वागत गर्नुभएको हो । ट्वीटमा उहाँले लेख्नुभएको छ ‘भूपरिवेष्ठित देश नेपाललाई रेल सेवाको माध्यमबाट भूजडित देश बनाउने दुई देशका राष्ट्र प्रमुखहरुको सहमतिअनुसार सो समूह नेपाल आइपुगेकोमा स्वागत गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *